Comments Add Comment

हाम्रो बैंकको साधारणसभाद्वारा ज्योति बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत

merger२ जेठ, काठमाडौं । हाम्रो विकास बैंक र ज्योति विकास बैंंकबीचको मर्जर प्रक्रिया तोडिएको छ । हाम्रो विकास बैंकको शुक्रबार सम्पन्न विषेश साधारण सभाले ज्योतिसँग मर्जर प्रस्ताब अस्वीकृत गरेपछि मर्जर प्रक्रिया अवरुद्ध भएको हो ।

यी संस्थाले नेपाल राष्ट्र बैंकबाट गत चैतमा मर्जरको सैद्दान्तिक सहमति पाएका थिए । तर, ज्योति विकास बैंकको खराब कर्जा अत्यधिक बढेकाले सेयरधनीले त्यस्तो बैंकसँग मर्जर प्रक्रियामा जान नसकिने अडान राखेपछि मर्जरको प्रस्ताब अस्वीकृत भएको बैंकका पूर्वसञ्चालक दिनेश आचार्यले जानकारी दिए ।

गत मंसिरमा, ज्योति विकास बैंक, हाम्रो विकास बैंक र झिमरुक विकास बैंकबीच मर्जरमा जाने सहमति भएको थियो ।

यी संस्थाहरुको ड्यु डेलिजेन्स अडिट पनि भएको थियो । डीडीएमा सबै संस्थजाको स्वाप रेसियो १ बराबर १ हुने सहमति भएकाके थियो । तर, यस अवधिमा ज्योति बैंकको खराब कर्जा १ अर्ब रुपैयाँले बढेपछि हाम्रो बैंकका सेयरधीले मर्जर प्रक्रिया तोड्नु परेको आचार्यले बताए ।

साधारण सभामा उपस्थित ३० प्रतिसतभन्दा बढी सेयरधनीले ज्योतिसँगको मर्ज प्रस्तावमा विरोध जनाएपछि मर्जको प्रस्ताव अस्वीकृत हो ।

ज्योति र झिमरुकले भने मर्जको प्रस्ताव पारित गरेका छन् । मर्ज पछि बैंकको नाम ज्योति विकास बैंक राख्ने सहमति भएको थियो । झिमरुक र हाम्रो विकास बैंक क्षेत्रीयस्तरका हुन भने ज्योति विकास बैैंक राष्ट्रियस्तरको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment