+
+
Shares

हावाहुरीले क्याम्पसको छाना उडाएपछि परीक्षा प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते ९:०९

exam-student३ जेठ, पर्वत । आइतबार दिउँसो असिना पानीसँगै आएको हावाहुरीले पर्वतको तिलाहार गाविसमा सञ्चालित नवजागृत बहुमुखी क्याम्पसमा क्षति पुर्याएको छ ।

पर्वत तिलाहार–६ डिमुवामा अवस्थित नवजागृत बहुमुखी क्याम्पसको भवनको छाना उडाउँदा करिब र नौ लाख बराबरको क्षति पुर्याएको छ ।

हावाहुरी र असिना पानीका कारण क्याम्पसका कक्षाकोठा जलमग्न बनेका छन् । हावाहुरीले भवनमा क्षति पुर्याएपछि पठनपाठनमा समेत समस्या उत्पन्न भएको नवजागृत उच्च माविका सहायक प्रधानाध्यापक दिनेश शर्माले जानकारी दिए ।

क्याम्पस भवनमा कक्षा ११ को परीक्षा सञ्चालन भइरहेका बेला विपत्ति आइपरेपछि थप कठिनाइ व्यहोर्नुपरेको छ । परीक्षा केन्द्रनै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । छाना उडाएपछि र भुइँभरि जलमग्न भए पनि अर्कै विद्यालयमा परीक्षा केन्द्र स्थानान्तरण गरेर परीक्षा सुचारु गर्ने तयारी भएको बताइएको छ ।

स्नातक तहमा शिक्षा र व्यवस्थापन सङ्काय सञ्चालनमा रहेको क्याम्पसमा करिब १५० विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?