Comments Add Comment

डाक्टरसँग अपोइन्टमेन्ट लिन आयोे ‘हाम्रो हस्पिटल’ एप

hamro-hospital
३ जेठ, काठमाडौं । तपाईं अस्वस्थ हुनुहुन्छ ? डाक्टरसँग चेक अपका लागि अपोइन्टमेन्ट -भेट्ने समय) मिलाउन नसकेर दिक्क हुनुहुन्छ भने तपाईंका लागि सजिलो समाधान आएको छ ।

युवा इञ्जिनियरहरुको सहभागितामा स्थापित बीटेक सोलुसनले ‘हाम्रो हस्पिटल’ मोबाइल एप सार्वजनिक गरेको छ । यो एपले तपाईंलाई डाक्टरहरुसँग भेट्ने समय मिलाइदिने छ ।

त्यसका लागि गुगल प्ले स्टोरबाट तपाईंले एप डाउनलोड गर्न सक्नुहुन्छ । एपबाट तपाईंले आफ्नो रोग र अस्वस्थता अनुसारको डाक्टरहरुसँग चेकअपको लागि समय लिन सक्नुहुन्छ ।

के छन् यसमा सुविधा ?
तपाईंले एप खोल्ने बित्तिकै एउटा हेल्थ टिप्स पाइहाल्नुहन्छ । त्यसपछि तपाईंले आफुले एपोइन्टमेन्ट लिन चाहानु भएको डाक्टर सिधा ‘सर्च’ गर्न सक्नुहुनछ । यदि अस्पतालमार्फत समय लिन चाहानु भएको हो भने अस्पतालका लिष्ट एपमा देखिनेछन् ।

अस्पताल छनौट गरेपछि आफ्नो बिरामी वा रोगअनुरुप विभिन्न विशिष्ट डाक्टरहरुको सूची पाउनुहुनेछ ।

त्यही सूचीबाट आफुलाई मनपरेको र विश्वास भएका डाक्टरसँग समय लिन सक्नुहुन्छ । त्यसका लागि एपमा तपाईंले आफ्नो व्यक्तिगत विवरण भरेर पहिले नै एकाउन्ट इमेलबाट ‘भेरिफाइ’ गर्नुपर्छ ।

डाक्टरसँग भेट्ने समय अप्सनका रुपमा राखिएको हुन्छ । प्याक भइसकेको  समयमा रिक्वेष्ट गर्न सकिँदैन । एपले नपाली र अंग्रेजी दुबै भाषामा यो सुविधा दिएकाले एपोइन्टमेन्ट लिन खासै झन्झट पर्दैैन ।

अभिषेक डंगोल, सुजन शाक्य, बिवेश श्रेष्ठ, दिब्या गुरुङ र धिरज शर्माको टोलीले यो एप्स तयार गरेको हो । यो टोली एनसेल एप क्याम्प २०१५ मा फाइनलसम्म पुगेको थियो । अहिले यो एपमा ओम हस्पिटल आवद्ध भइसकेको छ । ओम हस्पिटलले यो एपमार्फत डाक्टरहरुको एपोइन्टमेन्ट प्रदान गरिरकेको छ ।

केही समयभित्र काठमाडौंसहित देशभरका सबै हस्पिटललाई एपमा आवद्ध गरेर बिरामी र उनीहरुका आफन्तलाई सहज एपोइन्टमेन्टको सुविधा दिइने एप डेभलोपर बिवेश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment