+
+

हङकङमा सञ्जय बान्तवाको एकल कला प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते १३:५६

Sanjaya-Bantaba

काठमाडौं । नेपाली युवाकलाकार सञ्जय वान्तवाको एकमहिने एकल कला प्रदर्शनी हङकङको साङघाइस्थित स्पेश आर्ट ग्यालरीमा भइरहेको छ ।

बैशाख १२ देखि सुरु भएको प्रदर्शनीमा वान्तवाका २५ कलाकृति प्रदर्शनीमा राखिएको छ । घोडा र नारीलाई बिम्बमा आधारित अर्धमूर्त चित्रमा उनले आफ्नो परिवेशलाई कलात्मक रुपमा उतारेका छन् ।

मानव जीवन जति संघर्षशील छ त्योभन्दा बढि आफ्नो जीवनमा संघर्ष गर्नुपरेको सामाजिक परिघटनालाई उनले चित्रसँग जोडेका छन् । नारीलाई भने उनले कोमल हृदयको खानी र सौन्दर्यको प्रतीकको रुपमा उतारेको बताए ।

चित्रमा आलिङनमा मस्त जोडीलाई देखाएर उनले प्रेमिल सम्बन्धका विषयलाई पनि जोडन भ्याएका छन् । भर्खरै हङकङबाट काठमाडौं आइपुगेका उनी प्रफुल्ल मुद्रामा भेटिए ।

Art

प्रशर्दनीमा राखिएका कलाका बारेमा उनी भन्छन्-‘समाजका जति पनि हर्ष, निराश, प्रेम, सौन्दर्य र संघर्षशील जीवनको पाटोलाई मैले बिम्बात्मक रुपमा अभिव्यक्त गर्न खोजेको छु ।’ उदयपुरमा २०३१ सालमा जन्मिएका बान्तवा सानै उमेरदेखि चित्रकला, संगीत, र खेलकुदमा रुची राख्थे ।

तर २ वर्ष पुग्दानपुग्दै  बिरामी परि उनको दुवै गोडाले काम गर्न सकेन । बुवा आमाले धामीझाँक्री धेरै लगेपनि केही नलागेपछि धरानको घोपा क्याम्पमा लगेपछि उनलाई पोलियो लागेको थाहा भयो । उनका दुवै गोडाले काम गरेन । उनमा जागेको कला भावका कारण उनले निकै संघर्ष गर्दै चित्रकला विषयमा स्नातकोत्तर गरे । हाल उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला क्याम्पसमा अध्यापनरत् छन् । उनले एक दर्जनभन्दा बढी देशमा कलाको प्रर्दशनी समेत गरिसकेा छन् ।

उनका कलामा प्रेम मात्रै होइन हर्ष र उमंगका साथै पीडा, वेदना र दुःखका कथा पनि समावेश भएका छन् । शारीरिक रुपमा अपाङ्ग भएपनि उनको जोशजाँगर कुनै सवलाङ्गको भन्दा कम छैन । उनका चित्रमा पीडा र वेदनाका कथा भएपनि तिनमा जीवनप्रतिको आशावादिता भने प्रचुर मात्रामा रहेको पाइन्छ ।

प्रदर्शनीमा बिक्री भएका कलाकृतिको केही प्रतिशत रकम गत बैशाख १२ मा भुकम्प प्रभावितलाई सहयोग गर्ने उद्देश्य रहेको उनले जनाए । प्रदर्शनी हङकङस्थित कम्युनिटी कल्चर केन्द्रको आयोजनामा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?