Comments Add Comment

जनकपुरलाई लुम्बिनी जस्तै विकास गर्नुपर्छः भारतीय राजदूत

Janaki-Mahotsab

३ जेठ, जनकपुर । नेपालका लागि भारतीय राजदूत रणजीत रायले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरलाई लुम्बिनी जस्तै विकास गर्नु पर्ने बताएका छन् । जनकपुरको विकास भए हिन्दु पर्यटकलाई आकर्षण गर्न सकिने उनको धारणा छ ।

वृहत्त जनकपुर क्षेत्र विकास परिषद् तथा जानकी मन्दिरको आयोजनामा जारी जानकी जन्म महोत्सवको अवसरमा आयोजित रामचरित्र मानस अन्तराक्षी कार्यक्रममा बोल्दै राजदूत रायले जनकपुर-अयोध्यालाई जोडेर विकास गर्न भारतीय सरकारले योजना निर्माण गरिसकेको जानकारी दिए ।

नेपाल सरकार र भारत सरकारले जनकपुर-अयोध्या, जनकपुर परिक्रमा सडक, अन्तरगृह परिक्रमा मार्ग र रामायणमा उल्लेख भएका स्थलहरुको पहिचान गरेर वृहत्त योजना निर्माण भईसकेको जानकारी दिदैं भारतीय राजदूत रायले भने- ‘अव कार्यान्वयन गर्न अग्रसर हुनु पर्छ ।’

विश्वभरका हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुर र अयोध्यालाई वृहत्त योजना अनुरुप विकास गर्न सकिए यस क्षेत्रको पर्यटन व्यवसायले कम समयमै ठूलो फड्को मार्ने राजदूत रायको दावी छ ।

२१ औं शताब्दीमा समेत जनकपुरसहित नेपाल र भारतका मिथिला क्षेत्रको विकास हुन नसक्नु दुःखद रहेको बताउंदै उनले भने- ‘अब विकासको राजनीति हुनुपर्छ र यसले मात्र जनकपुर क्षेत्रले फड्को मार्न सक्छ ।’

‘हमर धर्म हमर गुमान, जनक जानकी हमर प्राण’ मूल नाराका साथ यस वर्ष जानकी नवमी मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment