+
+
Shares

सभामुख घर्तीको पत्थरीको सफल शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते १४:१०

३ जेठ, काठमाडौं । सभामुख ओनसरी घर्तीको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

Onsari-Ghartiललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालका डा. डिभी कार्कीले सोमबार सभामुख घर्तीको पित्त थैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गरेका हुन् । पत्थरीको आकार बढ्दै गएपछि केही दिन यता सभामुख अस्वस्थ भएकी थिइन् ।

सोमबार बिहान अस्पताल भर्ना भएकी सभामुख घर्तीलाई चिकित्सकहरुले केही दिन अस्पतालमै आराम गर्न सुझाव दिएको उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?