Comments Add Comment

ठेक्कापट्टा मिलाईदिन्छु भन्दै ९५ लाख ठगी गर्ने महिला पक्राउ

४ जेठ, राजविराज । महूली खोला र सीतापुरको बनरा खोलाको नदी नियन्त्रण सम्बन्धी ठेक्कापट्टा मिलाई दिन्छु भनी ठगी गर्ने एकजना महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

woman-in-Jailपक्राउ पर्नेमा सप्तरीको भारदह–१ निवासी कङ्कालीनी बहुउद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष नुनुदेवी झा रहेको प्रहरीले जनाएको छ ।

६० वर्षीया झाले एक वर्ष अगाडि विभिन्न बहाना बनाई न्यौपाने निर्माण सेवाका सञ्चालक झापा भद्रपुर नगरपालिका–९ बस्ने प्रेम न्यौपाने र साहिल निर्माणका सञ्चालक काठमाडौँ–१० बस्ने कमरुजमा सेखसँग रु ९५ लाख लिई ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका झालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको बताइएको छ ।

झाबाट ठगीमा परेका न्यौपाने र सेखले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment