
२२ वैशाख, धनगढी । बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१८ का ५३ वर्षीय वीरबहादुर देउवा र धनगढी उपमहानगर-३ का ३९ वर्षीय रामबहादुर साउद रहेका छन् ।
प्रहरीका अनुसार देउवालाई ८ लाख ९७ हजार रुपैयाँ जरिबाना र ३ महिना कैद सजाय तोकिएको थियो । उनी लामो समयदेखि फरार थिए ।
देउवालाई कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
यसैगरी अर्का फरार प्रतिवादी साउदलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4