+
+

नयाँबसपार्कमा खुल्यो अशोक ले-ल्याण्डको अत्याधुनिक सर्भिस सेन्टर

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते २०:११

ashok-ley-land
४ जेठ, काठमाडौं । आइएमई समूहअन्तर्गतको एलटी इन्टरप्राइजेजले गोंगबुको नयाँबसपार्कस्थित अशोक ले-ल्याण्डको अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

३५हजार बर्गफिट क्षेत्रमा अवस्थित सर्भिस सेन्टरकोे आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारी निर्देशक हेमराज ढकाल र अशोक ले-ल्याण्डका प्रबन्ध निर्देशक विनोद के. देसारी तथा ग्लोबल सेल्स् तथा डिस्ट्रिब्यूशनका राजीव सहारियाले उद्घाटन गरे ।

एलटी इन्टरप्राइजेजले अशोकका गाडीहरु आयात, विक्रीवितरण र सर्भिस र स्पेयर्सको ब्यवस्था गर्दै आएकोे छ । नेपालभरका आफ्ना सर्भिस सेन्टरहरु तथा अथोराइज्ड सर्भिस सेन्टर र स्पेयर पार्टस आउटलेटमार्फत सर्व-सुलभ रुपमा बिक्री पछिको सेवा उपलब्ध गराएको छ ।

अशोक ले-ल्याण्ड भारतकै सबैभन्दा ठूलो बस उत्पादन गर्ने कम्पनी हो । कम्पनीले १.५ टन क्षमताको सानापिकअप, सात सिट क्षमताको एम पिभीदेखि लिएर ४९ टन क्षमता सम्मका ठुला टे्रक्टर-टे्रलरहरु र ५०/६० सीट क्षमताका बसहरु, टि्रपर ट्रकहरु निर्माण गरी विश्वभर बिक्री गर्ने गरेको छ ।

कार्यक्रममा आइएमईका कार्यकारी अध्यक्ष ढकालले सर्भिस सेन्टर उद्घाटनले गाडीहरु बिक्री गर्नु भन्दा कम्पनी ग्राहको सेवामा सेवामा प्रतिवद्ध रहेको देखाउने बताए । उनले सुविधा सम्पन्न वर्कसपहरु विस्तार गर्ने पनि बताए ।

प्रमुख अतिथि देसारीेले आइएमई समूहसँगको सहकार्यले उपयुक्त ब्यापारिक साझेदार मिलेकोमा खुसी व्यक्त गरे । समूहसँग काम गर्ने जोश, जाँगर र डेडिकेशन देखेर आफू प्रभावित भएको पनि उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?