Comments Add Comment

विश्वमै नभएको ट्राफिक नियम नेपालमा

५ जेठ, काठमाडौं । सवारीसाधनले ‘पासिङ लाइट’ बाल्दा आफूभन्दा अगाडीको सावारीसाधनलाई अघि बढ्न संकेत गर्नु हो ।

Traffic-police-Checkingविश्वभरि पासिङ लाइटको यही नियम छ । तर, नेपालमा पासिंङ लाइटको फरक नियम छ । नेपालको सडकमा पासिङ लाइट बाल्नु आफूलाई अगाडी बढ्न अनुमति माग्नु भएको आजको नयाँ पत्रिकाले जनाएको छ ।  नेपालमा ९९ प्रतिशत चालक पासिङ लाइट बालेर आफू अघि बढ्छन् ।

पासिङ लाइट मात्र होइन साइड लाइट बारे पनि उल्टो  शिक्षा नेपालमा छ । पछाडिबाट आएको सवारीसाधनलाई ओभरट्याक को अनुमति दिन अगाडिको सवारीसाधनका चालकले दायाँतर्फको साइडलाइट बाल्ने गर्छन् ।

तर, त्यसरी साइड दिनुपर्दा देबैतर्फको साइड लाइट बाल्ने ट्राफिक नियम विश्वभर छ । दायाँतर्फको साइड लाइट बाल्दा गाडी दाहिनेतर्फ हो भन्ने द्विविधा उत्पन्न हुने गरेको छ ।

साइडलाइट र पार्किङ लाइटबारे नेपालका चालकमा गलत शिक्षा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्याल पनि स्विकार गर्दछन् । ‘हो हाम्रोमा साइड लाइट र पासिङ लाइटबारे गलत ज्ञानछ, अर्याल भन्छन्, ‘हामीले यसमा जनचेतना जगाउनेक तयारी गरिरहेका छौं । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment