+
+

तिलक परियारले विप्लव माओवादी छाडे

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ५ गते १०:१५

५ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका नेता तिलक परियारले पार्टी परित्याग गरेका छन् ।

तिलक परियार
तिलक परियार

पूर्वसभासदसमेत रहेका परियार वैद्य माओवादी हुँदै विप्लव माओवादीमा प्रवेश गरेका थिए । उनी फेरि मूलधारमा फर्कने तयारीमा रहेको स्रोतले बतायो ।

रोल्पामा जन्मेका परियार माओवादीका चर्चित नेतामध्येका एक हुन् । उनी पहिलो संविधानसभामा बाँके क्षेत्र नं १ का निर्वाचन सभासद थिए ।

दोस्रो संविधानसभामा उनी वैद्य माओवादीमा लागेर चुनाव बहिस्कारमा सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?