Comments Add Comment

इन्भेष्टमेन्ट बैंकले पश्चिममा शाखारहित बैंकिङ सेवा दिने

Partnership-Certificate-Sig
५ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले पश्चिम र सुदुर पश्चिममा वित्तीय सेवा पुर्‍याउने उद्देश्यले शाखारहित बैंकिङ इकाइहरु स्थापना गर्ने भएको छ । सक्षम एक्सेस टु फाईनान्स कार्यक्रम र बैकबीच नेपालको पश्चिमी क्षेत्रमा वित्तीय सेवा विस्तार गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकले सक्षमको आर्थिक तथा प्राविधिक सहयोगमा कालिकोटको नाङ्मामा एक्सटेन्सन काउन्टर खोल्ने र अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटीमा २८ शाखारहित बैकिङ इकाई खोल्नेछ ।

एक्सटेन्सन काउन्टरको उद्घाटनसँगँै बैकं कालिकोटमा वित्तीय सेवा पुर्‍याउने पहिलो निजी बाणिज्य बैकं बन्नेछ । बैकंको उपस्थितिपछि नाग्मा बजार, कालिकोटमा बचत,ऋण, विप्रेषणको साथै अन्य वित्तिय सेवाहरु उपलब्ध हुनेछन् ।

त्यसैगरी, शाखारहित बैकिङ इकाइ मार्फत पाचँ जिल्लाका शहरोन्मुख र ग्रामिण क्षेत्रमा वित्तिय पहुँचको विस्तार पुग्नेछ । शाखारहित बैकिङसेवाको विस्तार सक्षम कार्यक्रमको शाखारहित बैकिङ मार्फत वित्तिय पहुँच विस्तार गर्ने पहल अन्तर्गत हुन लागेको हो ।

सक्षमको आर्थिक सहयोगमा विभिन्न बाणिज्य बैकंहरुले भुकम्प प्रभावित १४ जिल्ला र मध्य र सुदुर पश्चिममा ४ सय १४ शाखारहित बैकिङ इकाइहरुको स्थापना गर्न लागेका छन् ।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकार बीचको द्घपिक्षिय सहयोगमा लुइस बर्जरद्घारा अन्य संस्थासगँको सहकार्यमा नेपालमा कार्यान्वयन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment