Comments Add Comment

कलंकीमा सडक अतिक्रमण गरी पर्खाल निर्माण, वडा कार्यालयले चलायो डोजर

२० चैत, काठमाडाैं । काठमाडौंको कलंकीस्थित मालपोत कार्यालय नजिकै सडक अतिक्रमण गरेर लगाइएको पर्खाल डोजर लगाएर भत्काइएको छ ।

काठमाडौं महानगरपालिका वडा १४ स्थित मालपोत कार्यालय अगाडि एसटी कम्पनीले सडक अतिक्रमण गरेर बनाएको पर्खाल डोजर प्रयोग गरी भत्काइएको हो ।

यससँगै साढे ३ आना जग्गा वडा कार्यालय मातहत आएको वडा नम्बर १४ की वडाअध्यक्ष शोभा सापकोटाले जानकारी दिइन् ।
चलनचल्तीको भाउले उक्त जग्गा प्रतिआना ९० लाख रुपैयाँ पर्ने वडाअध्यक्ष सापकोटाले बताइन् ।

‘घर र सडकको बाटोको बीचको जग्गा अतिक्रमण गरेको पाइयो अनि हामीले डोजर लगाएर पर्खाल भत्कायौं’, उनले भनिन् ।
उक्त कम्पनीले बनाइरहेको भवनको समेत नक्सासमेत पास नभएको पाइएको उनको भनाइ छ ।

थप जाँचबुझ गरेर निर्माणाधीन मापदण्ड बिपरितको भवनको विषयमा पनि निर्णय लिइने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment