Comments Add Comment

फाष्ट ट्र्याकबारे संसदमा बोलेको कुरा बंगाइयोः देउवा

sherbahadur deuba६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवाले सरकार परिपर्तनमा सत्ताको मुख्य घटक एकीकृत माओवादी आफैं अघि बढेर पछि हटेको बताएका छन् ।

अन्नपूर्णलाई दिएको अन्तर्वार्तामा देउवाले सत्तामा रहेको दलले सरकार गिराउनुपर्‍यो भनेर प्रस्ताव गरेपछि प्रतिपक्ष दलको हैसियतमा आफूले समर्थन गरेको बताए ।

‘प्रचण्डजीले प्रधानमन्त्री बन्न चाहन्छु सहयोग गनुर्‍परो भन्नुभयो’, देउवाले भने, ‘उहाँले त्यस्तो प्रस्ताव राखेपछि कांग्रेसले सहयोग गर्छ भनेको हो, तर एमाओवादी आफैँ पछि हट्यो । यसमा हामीलाई केही भएको छैन । माओवादीले नै सुरु गर्‍यो पछि आफैँ पछि हट्यो ।’

अन्तर्वार्तामा देउवाले सरकारले  प्रस्तुत गरेको नीति तथा कार्यक्रम पपुलिष्ट बनाउन खोजको बताएका छन् । उनले नीति तथा कार्यक्रम भ्रम छर्नबाहेक केही पनि नभएको बताएका छन् ।

सभापति देउवाले फाष्ट ट्रयाक बारे संसदमा बोलेको कुरा बंगाइएको बताएका छन् । उनले भने ‘मैले संसदमा बोलेको विषय रेकर्ड छ, त्यसलाई हेरे हुन्छ । मैले नेगोसिएसनबाट रद्द गर्न सकिन्छ भनेको छु । मेरो धारणा बंगाइएको छ । ‘

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment