बलिउडका ३ खानको सम्बन्धको बिषयमा मिडियामा बारम्बार विभिन्न खालका समाचार आउँछन् । तर, ती समाचारलाई वेवास्ता गर्दै बलिउडका ३ खान विभिन्न समयमा मिल्छन् र आत्मियता साट्छन् ।
वुधबार बेलुकी बलिउड नायक साहरुख खानले ‘एप्पल’ कम्पनीका सीइओ टीम कुकका लागि पार्टीको आयोजना गरे । भारतमा व्यवसायिक भ्रमणका लागि आएका कुकले पहिले साहरुखलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । साहरुखले कुकको चाहना पुरा गर्दै आफ्नै निवासमा डिनर पार्टीको आयोजना गरेका थिए ।
साहरुख विश्वमै सर्वाधिक चर्चित बलिउड स्टार हुन् । सायद, यसैले पनि ‘एप्पल’ कम्पनीका सीइओले आफ्नो व्यवसायिक मिटिङ सुरु गर्नु अगाडि साहरुखलाई भेट्ने चाहना राखेका थिए ।
साहरुखले आयोजना गरेको पार्टीमा अमिताभ बच्चन, माधुरी दिक्षित, ऐश्वर्या राय, फराहा खान पुगेका थिए । तर, धेरैलाई अचम्मित बनाउँदै पार्टीमा नायक आमिर खान पनि पुगेका थिए । आमिरले दिएको खेलौनाले साहरुखका छोरा अब्राहम बिहानसम्म रमाएका थिए । साहरुखले आमिरलाई ट्विटरबाट धन्यवाद दिएका छन् । साहरुखको पार्टीमा आमिर पुग्नुले यी दुइको सम्बन्ध प्रष्ट पार्छ ।
टीम कुकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्ने कार्यक्रम छ ।
प्रतिक्रिया 4