Comments Add Comment

संविधान सिम्का ९ हजार थान बिक्यो

sikka७ जेठ, काठमाडौं । नयाँ संविधान झल्किेने सिक्का दुई महिनामै आठ हजार सात सय ३५ थान बिक्री भएका छन् ।

सरकारले असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको चाँदीको सिक्का र एक सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्क निष्कासन गर्ने निर्णय गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

नेपाल राष्ट्र बैंकले पहिलो चरणमा दुई हजार रुपैयाँका दुई हजार नौ सय ८९ थान चाँदीको सिक्क निष्कासन गरेको थियो ।
उक्त सिक्कामध्ये दुई महिनामै दुई हजार एक सय २५ थान बिक्री भएको मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले मंगलबार बताए ।

‘राष्ट्र बैंकमा मोजाद चाँदी प्रयोग गरेर सिक्का तयार पारिएको हो, उनले भने, ‘सिक्का बनाउँदाको लागत र चाँदीको मात्रा मिलाएर दुई हजार मूल्यका सिक्क् तयार गरिएको छ । ‘

केन्द्रीय बैंकले दुई महिनाअघि नै एक सय रुपैयाँ अंकित दरका क्युप्रालिन धातुको स्मारिका सिक्का २० हजार थान निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment