Comments Add Comment

प्रचण्डको प्रस्ताव ‘उट्पट्याङ कुरा’ होः बाबुराम

रंगशालामा एक लाख सदस्य उतार्ने दाबी

Baburam bhattrai

७ जेठ, काठमाडौं । एमाओवादीका अध्यक्ष प्रचण्डले पार्टीमा फर्कन गरेको आह्वानलाई नयाँ शक्तिका अभियन्ता डा. बाबुराम भट्टराईले उट्पट्याङ कुराको संज्ञा दिएका छन् ।

‘यो पुराना शक्तिको सोच हो, आफूले राम्रो काम नगर्ने र उट्पट्याङ कुरा गरेर विवादमा पारिदिने,’ डा. भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने- ‘यो रिएक्टिभ कुरा हो, हामी प्रोएक्टिभ काम गर्छौं ।’

बिहीबार बबरमहलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. भट्टराईलाई पनि पार्टी एकता प्रक्रियामा आउन आग्रह गरेका थिए । प्रचण्डको आग्रहबारे शुक्रबार पत्रकारहरुले सोधेको प्रश्नमा डा. भट्टराईले सो प्रस्तावलाई ‘उट्पट्याङ कुरा’को संज्ञा दिएका हुन् ।

नयाँशक्तिको पार्टी कार्यालय बबरमहलमा शुक्रबार पत्रकार सम्मेलन गरेर नयाँशक्तिले पार्टी घोषणाको तयारीबारे पत्रकारहरुलाई जानकारी दिएको छ ।

रंगशालामा एक लाख सदस्य उतार्ने दाबी

नयाँ शक्ति नेपालले पार्टी घोषणा सभामा एक लाख संस्थापक सदस्यलाई उतार्ने दाबी गरेको छ । जेठ ३० गते दशरथ रंगशालामा हुने पार्टी घोषणा सभामा एक लाख सदस्यले सामूहिक सपथ लिने उसले दाबी गरेको छ । सामुहिक सपथ ग्रहणबाटै पार्टी घोषणा गरिने पत्रकार सम्मेलनमा डा. भट्टराईले जानकारी दिए ।

उदघाटनपछि ३१ र ३२ गते प्रज्ञा भवनमा बन्दसत्र हुनेछ । बन्दसत्रमा करिब १५ सय प्रतिनीधि पर्यवेक्षकहरु सहभागी हुनेछन् । बन्दसत्रमा पार्टीको संगठनात्मक विधान प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा आर्थिक समृद्धिको कार्ययोजना समेत पारित गर्ने कार्यक्रम छ ।

राष्ट्रिय भेला आयोजनाका निम्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख देवेन्द्र पौडेलको अध्यक्षतामा पार्टी घोषणा समारोह मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment