Comments Add Comment

दुर्घटनामा गाउँका ११ जनाको मृत्यु भएपछि शोकमा डुब्यो साल्मे

depression
७ जेठ, तनहुँ । बिहीबार दिउँसो छिमेकी जिल्ला लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानीमा बस दुर्घटना हुदाँ ११ जनाको मृत्यु भएपछि मध्यनेपाल नगरपालिका–१ साल्मेगाउँ शोकमा डुबेको छ ।

एकै वडाका त्यसमा पनि एउटै घरपरिवारका तीन जनासम्मले दुर्घटनामा ज्यान गुमाएपछि उक्त गाउँ शोकमा डुबेको हो । दुर्घटनामा परी एकै घरका ५७ वर्षीय बाबु रामकृष्ण गुरुङ, ५५ वर्षीया आमा मीनाकुमारी र ३९ वर्षीय गणेशबहादुरको मृत्यु भएको स्थानीय बेलवहादुर गुरुङले जानकारी दिए ।

उक्त दुर्घटनमा परी बिहीबार घट्नास्थमै– नौ जनाको मृत्यु भएको थियो भने दुई जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शुक्रबार दुई जनाको मृत्यु भएको हो । घाइते सातजनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

ना६ख ४१३६ नम्बरको बस सोही गाविस–५ स्थित टक्सार तामाखीमा दुर्घटना भएको थियो । उपचारको क्रममा मृत्यु हुनेमा उमेर नखुलेका मध्यनेपाल नगरपालिका–१ निवासी सागर थापा र सोही स्थानकी दुई महिनाकी जोया खवास रहेको प्रहरीले जनाएको छ ।

मृतकका परिवारलाई उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन् । बस दुर्घटनापछि फरार चालक हालसम्म सम्पर्कमा नरहेकोले खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment