Comments Add Comment

नेपालमा राजनीतिक गतिविधि नगर्न बेलायतद्वारा आफ्ना नागरिकलाई सुझाव

uk-flag७ जेठ, काठमाडौं । बेलायतले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई यहाँ कुनै राजनीतिक गतिविधिमा सहभागी नहुन चेतावनी दिएको छ ।

नेपालमा राजनीतिक गतिविधि गरेमा देश निकाला वा जरिवाना वा दुवै सजाय हुन सक्ने भन्दै उसले आफ्नो ट्राभल एड्भाइजरीमा जारी गरेको छ ।

हालै संघीय गठवन्धनको आन्दोलनमा प्रत्यक्ष सहभागी भएको आरोपमा एक बेलायती नागरिक काठमाडौंमा पक्राउ गरेका थिए । यसअघि एक क्यानाडेली नागरिकलाई नेपालको राजनीतिक विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा देशनिकाला गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment