Comments Add Comment

अव आफ्नो गीतमा आफै नाच्छु: मिलन अमात्य

Milan-amtya

काठमाडौं । गायिकाको रुपमा सिमित मिलन अमात्य अब नायिकाको रुपमा समेत दरिने सम्भावना छ । आफ्नै स्वर रहेको गीत विश्वसुन्दरीमा मोडलिङ गरेपछि उनलाई ‘आफ्नो गीतमा आफैँ नाच’ भन्नेहरु बढेका छन् ।

‘सबै गीतमा त नाच्दिन, आफुलाई सुहाउने खालको भयो भने नाँच्छु ।’ अनलाइनखबरसँग कुरा गर्दै मिलनले भनिन् । नयाँ एल्बम ‘मिलन यात्रा’ को अन्तिम तयारीमा जुटेकी मिलन नाँच्नमा पहिल्यैदेखि सिपालु थिइन् । तर, गाउन सुरु गरेपछि नाँच्न छाडेकी थिइन् ।

नौ घण्टासम्म निदाउँछिन्

पछिल्लो समयकी ब्यस्त गायिकाको रुपमा चिनिने मिलन वर्षमा छ महिनाजति विदेशमै हुन्छिन् । कार्यक्रम प्रस्तुतिको शिलशिलामा विभिन्न मुलुक पुगेकी मिलनले विदेशमा पुगेपछि आयोजकको सेड्युल अनुसार हिँड्नुपर्ने हुन्छ ।

सबै भन्दा धेरै पिरलो निन्द्राकै हुन्छ । प्राय कार्यक्रम साँझपख हुने र विहान सबेरैदेखि कार्यक्रमको तयारी गर्नुपर्ने भएकाले पनि पुरा समय निदाउन पाउादिनन् । काठमाडौ आए लगत्तै पहिलो प्राथमिकता निन्द्रालाई दिने गर्छिन् । मिलन हाँस्दै भन्छिन् ‘कसैले डिष्टर्ब नगर्ने हो भने ९ घण्टासम्म निदाइदिन्छु ।’ यति धेरै समय निदाउने चाँही विदेशवाट फर्केको केहि दिन मात्रै हो । मिलन भन्छिन् ‘अन्य समयमा त त्यति धेरै सुत्दिन ।’

Milan

सारी लाउन १ घण्टा

कार्यक्रममा प्राय कुर्ता सुरुवाल र लेहंगामा प्रस्तुत हुने मिलनलाई साडी सबै भन्दा झन्झटिलो डे्रस लाग्छ । सारी लगाएर ऐना अगाडी उभिँदा राम्रै देखिएपनि लगाउन भने निकै झन्झट लाग्छ ।

‘सारी लगाउनु पर्ने कार्यक्रम छ भने १ घण्टा अगाडी नै तयारी गर्छु । एक्लै लाउन सक्दिन साथी चाहिन्छ ।’ उनले भनिन् । लगाउन झन्झटिलो भएकै कारण साडीमा कम देखिएको उनको भनाई थियो ।

भान्सामा रमाउँदिनन्

सामान्य दाल, भात र तरकारी बनाउन आउाछ उनलाई । तर, भान्साको काम गरेर रमाउादिनन् । ‘घरको लागि खाना त बनाउछु तर, भान्सामा रमाइलो चाँही लाग्दैन ।’ उनको भनाई थियो ।

त्यही कारण उनको घरमा नियमित भात पाक्दैन । कहिले काँही घरमै खाना बनाएपनि धेरैजसो बाहिरवाट मगाएर ल्याउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment