Comments Add Comment

भेनस कप राष्ट्रिय टेबल टेनिस भोलिदेखि

८ जेठ, काठमाडौं । ‘भेनस कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

काठमाडौं जिल्ला टेबल टेनिस सङ्घ र रोटरी क्लब अफ नागार्जुनको संयुक्त आयोजनामा हुने प्रतियोगितामा विभागीय टोलीसहित अन्य जिल्लाका गरी जम्मा २२५ खेलाडीले भाग लिनेछन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा अन्य आठ जिल्लाका खेलाडीले भाग लिनेछन् ।

प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकलतर्फ प्रथम, द्वितीय र सेमिफाइनलमा पुगेका दुई खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र पाँच हजार पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment