Comments Add Comment

मधेस आन्दोलनमा सरकारको ५ करोड !

Bara-Kalaiya-aandolan-3९ जेठ, काठमाडौं । तराई मधेस आन्दोलनका क्रममा सरकारले पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ ।

सरकारले आन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०/१० लाख रुपैयाँ  घाइतेहरुको उपचारका लागि ५ करोड १ लाख रुपैयाँ निकासा गरेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाइरहको बेला सरकारले भने सात महिनाको अवधिका मृतकको परिवार र घाइतेहरुको उपचार खर्च बेहोरेर वार्ताको बाताबरण बनाएको दाबी गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री भीम रावलले सरकारले वार्ताको वाताबरणको लागि मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि ३१ लाख रुपैयाँ प्रदान गरिसकेको बताए ।

उनले भने ‘सरकारले घाइतेहरुको नि शुल्क उपचार गरेकेा छ, मुद्दा फिर्ता गर्नको लागि सूची बनाउन हामी तयार छौं, वार्ताको टेबुलमा बसेपछि छानविन समित गठन गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment