Comments Add Comment

भक्तपुरमा प्रेस चौतारीका ३३ सदस्यले दिए राजिनामा

उपाध्यक्ष निर्वाचित पाण्डे पनि असन्तुष्ट

९ जेठ, काठमाडौं । प्रेस चौतारी भक्तपुर जिल्ला शाखाका ३३ जनाले राजीनामा दिएका छन् ।

press-chautariराजधानीमा हिजो सम्पन्न आठौं अधिवेशनमा पदाधिकारी सहित केन्द्रीय सदस्यहरु सर्वसम्मत चयन गरिएकोमा असन्तुष्टि जनाउँदै वर्तमान कार्यसमितिका पदाधिकारीहरुले राजिनामा दिएका हुन् । उनीहरु संस्थापन गुटका हुन् ।

साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिनेमा पूर्व उपाध्यक्ष, कोषाध्यक्ष सहित ३३ जना रहेका छन् । आठौं राष्ट्रिय सम्मेलनमा सहमतिको नाममा क्रियाशील पत्रकारहरुको उपेक्षा गरिएको उनीहरूले बताए ।

अध्यक्ष पदबाट राजीनामा दिएका सोम शर्मा बजगाईले भने, ‘हामी महाधिवेशनमा भएको सहमतिको स्वागत गर्छौं, तर सहमतिका नाममा आफ्ना मान्छेलाई निर्वाचित गराएकोप्रति हाम्रो आपत्ति छ ।’

सहमतिको नाममा सक्रिय रुपमा पत्रकारीता गर्दे आएका साथीहरुको अवमूल्यन भएको उनले दावी गरे ।  उनले चौतारीको निर्वाचनमा एमालेले अस्वाभाविक हस्तक्षेप गरेको आरोप लगाए ।

पाण्डे पनि असन्तुष्ट

अधिवेशनमा सर्वसम्मत उपाध्यक्ष चयन भएका गणेश पाण्डेले पनि फेसबुकमा आफ्नो असन्तुष्टी सार्वजनिक गरेका छन् । उनी महासचिवका दावेदार थिए । गणेश बस्नेतलाई अध्यक्ष बनाउन आफूले त्याग गर्नुपरेको उनको भनाइ छ ।

पाण्डेले लेखेका छन्, ‘यसपटक मुख्य जिम्मेवारी सम्हालेका एक व्यक्तिका कारण काबिल साथीहरु नेतृत्वमा आउनबाट वञ्चित हुनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment