युएई । रोजगारीका क्रममा युएईमा रहेका बाग्लुङवासीहरुको सामाजिक संस्था बाग्लुङ सेवा समाजको तेस्रो अधिवेशनले पीताम्बर पाण्डेलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन छ ।
युएईको नेपाली समुदायमा पाण्डे परिपक्व तथा इमानदार सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।
गत २० मे, शुक्रबार दुबईमा आयोजित अधिवेशनले उपाध्यक्षमा बाबुराम गौतम, तारा मल्ल र दानबहादुर श्रीसलाई निर्वाचित गरेको छ । समाजको महासचिवमा खिमलाल पाण्डे निर्विरोध चयन भएका छन् भने सचिवमा केदार लम्साल, कोषाध्यक्षमा कलाधर सापकोटा, सहकोषाध्यक्षमा लक्ष्मी पौड्याल निर्विरोध निर्वाचित भएका छन् । समाजको केन्दि्रय कार्यसमितिको सदस्यहरुमा राजु के.सी, अर्जुन पौड्याल र बाबुराम सुवेदी चुनिएका छन् ।
यूएईभरी छरिएका सम्पूर्ण बाग्लुङबासी नेपालीहरु एक हौं भन्ने मूल नाराका साथ गत विगत पाँच वर्षदेखि युएईमा सक्रिय सामाजिक संस्था बाग्लुङ सेवा समाज यहाँको क्रियाशील समाजमध्ये एक हो ।
खिमलाल पाण्डेले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष पिताम्बर पाण्डेले गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाका वरिष्ठ सल्लाहकार तथा नेपाली जनसम्पर्क समितिका अध्यक्ष चित्र केसी रहेका थिए ।
कार्यक्रमको विशेष अतिथिमा कृष्ण केसी, रत्न बिक, कृष्ण ढकाल, एकेन्द्र थापा आमन्त्रित थिए । अतिथिहरुमा युएईका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका सामाजिक व्यक्तित्वहरु क्रमशः चूडामणि शर्मा, सुनील थापा, लालबहादुर क्षेत्री केदार लम्सालको उपस्थिति रहेको थियो ।
अधिवेशनमा नेपाली समाज युएईका अध्यक्ष चन्ऽप्रसाद सापकोटा, जिल्ला परिषद् युएईका महासचिव मणि भुर्तेल, पर्वत सेवा समाज युएईका अध्यक्ष राजेन्ऽ अधिकारी, लुम्बिनी वेल्फेयर सोसाईटीका अध्यक्ष गीतामणि पाण्डे, दाङ देउखुरी समाजका प्रतिनिधि एकराज रिजाल, अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खड्का लगायतको सहभागिता थियो ।
त्यस्तै पाल्पा सेवा समाज युएईका अध्यक्ष खुमबहादुर आले, रुपन्देही सेवा समाज युएईका अध्यक्ष हरि चापागाईं, नेपाली जनप्रगतिशील मन्च, युएईका अध्यक्ष हेमन्त पौड्याल, नेवा पुचः युएईका रामचन्द्र डंगोल, एनआरएन युएईका प्रतिनिधि रामकुमार ढुंगेल, नागरिक सेवा समाज युएईका प्रतिनिधि राजु केसी, समाजसेवी कलाधर कँडेल, कास्की आदर्श सेवा समाज युएईका अध्यक्ष मनोजकुमार सैंजु विश्व सहयोग संघका गोविन्द ढकाल पनि अतिथिका रुपमा सहभागी भएका थिए ।
नेपाल पत्रकार महासंघ युएईका प्रतिनिधि भुपराज बस्याल लगायत युएईमा क्रियाशील पत्रकारहरु, व्यवसायी तथा सर्वसाधारण नेपालीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4