+
+
Shares

अलैंची बिकास बोर्डको माग गर्दै ताप्लेजुङका किसान काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ९ गते १३:४२

Alaichi

९ जेठ, काठमाडौं । अलैंची विकास बोर्ड गठन गर्न सरकारलाई दवाव दिनका लागि ताप्लेजुङका अलैंची कृषकहरु काठमाडौ आएका छन् ।

अलैंचीमा लागेका रोगको रोकथाम गर्न तथा उत्पादन बढाउनका लागि जिल्ला कृषि विकास कार्यालयले चासो नदेखाएपछि अलैंची विकास बोर्ड गठनको माग गर्दै ताप्लेजुङका कृषकहरु काठमाडौ आएका हुन् ।

उनीहरुले आइतबार कृषि विकास मन्त्री हरिबोल गजुरेल, कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, नेकपा एमालेका सचिव योगेश भट्टराई, एमालेकै प्रमुख सचेतक भानुभक्त ढकाल, नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडा लगायतको उपस्थितिमा अलैंची विकास बोर्ड गठनको औचित्य सम्बन्धमा काठमाडौमा गोष्ठी गरेका छन् ।

उनीहरुले अलैंची खेतीमा गानो कुहिने, ढुसी पर्ने, पात डढ्ने लगायतका समस्या बढेको र त्यसका कारण कृषकहरुको बगान नै सखाप हुँदा पनि कृषि विकास कार्यालयले बेवास्ता गरेको भन्दै अलैंची सम्बन्धी सबै किसिमका समस्याको समाधानका लागि अलैंची विकास बोर्ड गठन गरिनुपर्ने माग गरे ।

कृषि विकास मन्त्री हरिबोल गजुरेलले अलैंची विकास बोर्ड गठन गर्नुपर्ने कृषकहरुको मागका सम्बन्धमा सरकार गम्भीर रहेको बताए । उनले अलैंची सम्बन्धी विभिन्न प्राविधिक विषय र अन्य समितिहरुका प्रभावकारीता अध्ययन गरेर सरकारले बोर्ड गठन गर्ने आश्वासन दिए ।

नेपालका विभिन्न्ा ३७ जिल्लामा अलैंची खेती विस्तार भएकामा ताप्लेजुङलाई अलैंचीको राजधानी मानिन्छ । प्रतिकेजी २ हजार रुपैयाँ पर्ने अलैंची सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने कृषिजन्य वस्तुको सूचीमा पर्छ । नेपालबाट वर्षेनि ५ हजार मेट्रिक टन भन्दा बढी अलैंची निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?