+
+

काठमाण्डौंको सामाखुसीमा गरिमा विकास बैंकको २७औं शाखा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ९ गते ११:५३

Garima_Opening९ जेठ, काठमाडौं । पोखरामा केन्द्रिय कार्यालय भएको गरिमा विकास बैंकले काठमाण्डौंको सामाखुसीमा २७औं शाखाबिस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमका उक्त शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल उक्त शाखाको उदघाटन गरे ।

०६४ सालअशोज २४ गते ३ जिल्लामा वित्तीय सेवाका लागि राष्ट्र बैंकबाट इजाजत पाएको यस बैंकले ८ वर्षको अवधिमा आफुलाई राष्ट्रियस्तरको विकास बैंकमा भएको छ ।

यस क्रममा गरिमा विकास बैंकको शाखा सञ्जाल स्याङ्जामा ५ शाखा, कास्कीमा ४, पाल्पा, रुपन्देही र बागलुङमा २⁄२ वटा रहेका छन् । त्यसैगरी, म्याग्दीमा ४, बर्दघाट शाखा सञ्चालनमा आएपछि नवलपरासीमा ३ शाखा, पर्वतमा ३ र कपिलवस्तु, तनहुँ र काठमाण्डौंमा एक एक शाखागरि कुलशाखा संख्या २८ पुग्नेछ ।

अहिले ५ वटा एटीएम काउण्टर सञ्चालनमा रहेको बैंकले आफ्नो मुख्यकार्यालय काठमाण्डौंको नक्सालमा स्थानान्तरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाईसकेको छ ।

२२ करोड ७३ लाख रुपैंया चुक्ता पुँजी भएको सुभेक्षा विकास बैंकसँग गत बैशाख ८ गते मर्जर सम्झौता गरेको गरिमा विकास बैंकको हाल ८५ करोड ३२ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । यसै आर्थिक वर्ष भित्रमा मर्जर पुरा गराउने लक्ष्य सहितकाम भैरहेको र मर्जर पुरा भए पछि बैंकको चुक्तापूँजी १ अर्ब ८ करोड रुपैयाँपुग्नेछ ।
२०७४ असार मसान्तसम्ममा बैंकले २ अर्ब ५० करोड रुपैंया चुक्तापूँजीपुर्याउनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुरुप पुँँजी बिस्तार गर्दै लगिनेछ ।

चालु आर्थिक वर्षको चैत मसान्तको अवधिमा बैंकले ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैंया निक्षेप संकलन, ७ अर्ब १६ करोड ८२ लाख७८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ भने उक्तअवधिमा बैंकले १४ करोड ६६ लाख ४७हजार रुपैंया खुद नाफा आर्जन गरेको छ ।

गतआर्थिक वर्षको यसै अवधिमा बैंकको खुदनाफा ९ करोड ९८ लाख ९ हजार रुपैंया मात्रथियो । अहिले बैंकको जगेडा कोषमा २७ करोड २६ लाख १० हजार रुपैंया सञ्चित रहेको छ । मर्जरका कारण शेयर कारोबार रोक्काभएको यस बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ६२ प्रतिशतमात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?