+
+

भुटानले ‘मंक एण्ड द गन’लाई ओस्कारमा पठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १७:२९

काठमाडौं । दक्षिण एसियाली मुलुक भुटानले आगामी ओस्कार अवार्डका लागि ‘मंक एण्ड द गन’लाई सिफारिस गर्ने निर्णय गरेको छ । भुटानको सूचना तथा प्रसारण मन्त्रालयले शुक्रबार वक्तव्य जारी गर्दै उक्त फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधाका लागि मुलुकको प्रतिनिधित्व गर्दै पठाउने जनाएको हो ।

प्राप्त चार फिल्ममध्येबाट मौलिकता, शिल्प र दृश्यभाषामा अब्बल मूल्यांकनसहित यो फिल्मलाई सिफारिस गर्ने निर्णय भएको ओस्कारको भुटानी छनोट कमिटीले जनाएको छ ।

जुरीको सर्वसम्मत निर्णयको आधारमा ‘मंक एण्ड द गन’लाई छनोट गरिएको जनाइएको छ । यो फिल्मले भुटानको तथ्यपूर्ण चित्रण गरेको र अन्तर्राष्ट्रिय दर्शकलाई पनि अपील गर्न सक्ने अपेक्षा गरिएको छ ।

फिल्मले नवीन कथावाचन, विशिष्ट कथ्य तत्व, बलियो भाष्य र कलाकारको बेजोडको पक्षमा क्रिटिकबाट समीक्षा प्राप्त गरेको छ । भाष्य र प्राविधिक पक्षबाट भुटानको सही चित्रण गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेपालमा भने सेप्टेम्बर १५ सम्म फिल्म दर्ता गर्ने मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?