+
+
Shares

दुई लाख दाइजो नदिएपछि हत्या

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १० गते ६:४७

Rape१० जेठ, काठमाडौं । दाइजोमा दुई लाख नदिएको भन्दै एक महिलाको हत्या भएको छ ।

दाइजोमा कबुल गरिएको १३ लाख नगदमध्ये दुई लाख रूपैयाँ केटा पक्षलाई  नदिएको विषयमा राधादेवि साहको हत्या भएको आजको अन्नपूर्णमा समाचार छ ।

‘दुई लाख नदिएकै कारण पापीहरूले मेरी एक्ली बहिनीलाई मारे,’ मृतकका दाजु जितेन्द्र साहले भने,’ यस्तो हुन्छ भन्ने पहिले नै थाहा पाएको भए दुई लाख पनि दिइसकेका हुन्थ्यौ ।’

वीरगन्ज १५ मुर्ली बगैचाका रामानन्द साह कानुका छोरा सुवास साह कानुसँग वाराको गढीमाई नगरपालिका १ का जितेन्द्रकी बहिनी राधादेवीको गत फागुन १० गते बिहे भएको थियो ।

बिहे भएको तीन महिनावीरगन्ज मूर्ली बगैँचास्थित श्रीमान् सुवासको घरमा गत  शुक्रबार राधादेवी मृत अवस्थामा फेला परेकी थिइन् ।

श्रीमान् सुवास र ससुरा रामनन्द राधादेवीले आत्महत्या गरेको बताए पनि माइती पक्षले भने दाइजोको निहुँमा राधादेवीको हत्या भएको आरोप लगाएका हुन् ।

दाइजो कबुल गरेकोमध्येको दुई लाख नदिएको भन्दै ससुरा र पतिले राधादेवीलाई केही समय अघिदेखि मानसिक र शारीरिक यातना दिदैँ आएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?