+
+
Shares

जंगली च्याउ खाँदा एकै परिवारका ४ बिरामी

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ जेठ १० गते ९:५९

१० जेठ, पोखरा । जंगली च्याउ खाँदा तनहुँमा चार जना बिरामी परेका छन् ।

तनहुँको राम्जाकोट गाविस वडा नम्बर-१ रेसौ गाउँका एकै परिवारका ४ जना बिरामी भएका हुन् । जंगलबाट ल्याएको च्याऊ पकाएर खाँदा उनीहरु बिरामी भएका हुन् ।

खाने च्याऊ भनेर बिषालु च्याऊ खाँदा आमा मतिमाया कुमाल र उनका दुई छोरीहरु मिनिका, बबिता र छोरा सुमन कुमाल बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिरामी मध्ये आमा मतिमाया र दुई छोरीहरु मिनिका र बबिताको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । छोरा सुमनलाई भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखराकै मनिपाल शिक्षण अस्पताल लगिएको छ । उपचाररत सबैको अवस्था सामान्य रहेको अस्पतालहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?