Comments Add Comment

ब्रोडलिंकको ब्रोड टिभी आयो

Broad-Tv-one-box-jindagi-ro
११ जेठ, काठमाडौं । ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालिले ‘ब्रोड टिभी’ बजारमा ल्याएको छ । जुन नेपालमा विल्कुलै नयाँ प्रविधि भएको कम्पनीले जनाएको छ ।

‘वान बक्स, जीन्दगी रक्स’ भन्ने नाराका साथ बजारमा ल्याएको ब्रोड टिभी मनोरन्जन प्याकेज हो । जसबाट ग्राहकले पूर्ण एचडी च्यानल टिभी, ल्यापटप, फोन तथा टयाब्लेटबाट हेर्न सक्नेछन् ।

यसमा रहेको २४ घण्टा रेर्कडिङ सुविधा तथा पज, रि-वीन्ड, प्लेर फवार्डको विशेषताले ग्राहकहरुले जुनैवेला, जहाँ पनि आफ्नो मनपर्ने टिभी प्रोग्रामको मज्जा लिन सक्ने कम्पनीले बताएको छ ।

यसका साथै एउटै सेटअप बक्सबाट टिभी हेर्ने, फोन गर्ने तथा अनलिमिटेड इन्टरनेट चलाउन सकिने सुविधा समावेश गरिएको छ ।

ब्रोड टिभी एन्ड्रोइड एप प्रयोगकर्ताले तथा आइफोन प्रयोगकर्ताले एप स्टोरबाटमा डाउनलोड गर्न सक्नेछन् । ब्रोड टिभीले सेटअप बक्सहित ग्राहकहरुका लागि ४ हजार रुपैयाँमा एक महिनाको प्याकेज तथा ६ हजर रुपैयाँमा ६ महिनाको प्याकेज उपलब्ध गराउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment