१३ जेठ, काठमाडौं । इजरायल नेपालबाट थप कामदार लैजान सकरात्मक देखिएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नेपाली कामदार बढाउने विषयमा सकरात्मक जवाफ दिएका आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकरात्मक जवाफ दिनुभएको छ, इजरायलका लागि नेपाली राजदूत प्रलादकुमार प्रसाईले टेलिफोनमा भने ।
हाल इजरायलमा केयरगिभर र कृषि कामदार गरी करिब चार हजार नेपाली कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4