१३ जेठ, काठमाडौं । बार्सिलोनाका फुल ब्याक ड्यानी अल्भेस युभेन्टस जान सहमत भएको दाबी गरिएको छ ।
३३ वर्षी अल्भेसको स्पेनिस च्याम्पियन बार्सिलोनासँगको सम्झौता सन् २०१७ सम्म छ । तर, उनलाई युभेन्टस जान दिन बार्सिलोना सहमत भएको दाबी समाचारमा गरिएको छ ।
ब्राजिलियन अल्भेस ८ वर्षदेखि बार्सिलोनाबाट खेलिरहेका छन् र उनले यो सिजनसहित ला लिगाको ६ उपाधि जितेका छन् । तर, उनले युभेन्टससँग तीन वर्षे सम्झौता गर्ने पक्का भएको काडेना एसइआरले दाबी गरेको छ ।
प्रतिक्रिया 4