Comments Add Comment

उद्योगपति केडियाको अपहरणको कांग्रेसले गर्‍यो निन्दा

१४ जेठ, काठमाडौं । उद्योगपति एवम् केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक सुरेशकुमार केडियाको अपहरणप्रति नेपाली कांग्रेसले निन्दा गरेको छ ।

Congress-Flagअपहरण गर्ने व्यक्तिको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न तथा यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउन कांग्रेसले सरकारसँग मागसमेत गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी बिहीबार बेलुका अज्ञात समूहले गरेको अपहरण र उनको चालकलाई गरेको आक्रमणको घटनाप्रति दुुःख व्यक्त गरेका हुन् ।

‘कुनै पनि नागरिकको अपहरण हुनु अत्यन्त दुःखद र सम्बेदनशील विषय भएको र यस्ता आपराधिक क्रियाकलापको नेपाली कांग्रेसले सधैं घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले शान्ति सुव्यवस्थालाई खल्बल्याई आम नागरिकमा डर र त्रासको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक समूह, व्यक्तिको तत्काल खोजी गरी कारबाही गर्न माग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment