Comments Add Comment

बैंकमार्फत यसरी हुनेछ भूकम्पपीडितलाई अनुदान वितरण

bank-n-nrc
१४ जेठ, काठमाडौं । भूकम्पपीडितलाई पुनर्निर्माण अनुदान रकम वितरण गर्नेबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले  नेपाल बैंकर्स एसोसियशन, डेभलपमेन्ट बैंकर्स एसोसियशन तथा फाइनान्सियल इन्स्टीच्यूसन एसोसियसनसँग समझदारी गरेको छ ।

समझदारी पत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया, नेपाल बैंकर्स एसोसिएशनका अध्यक्ष उपेन्द्र पौडेल, डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष कृष्णराज लामिछाने र फाइनान्सियल इन्स्टीच्युसन एसोसिएशनका अध्यक्ष सरोजकाजी तुलाधरले हस्ताक्षर गरेका छन् ।

अब क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा अनुदान लिने घरधनीहरुलाई बैंक खातामार्फत रकम उपलब्ध गराउनुपर्नेछ ।

अनुदान उपलब्ध गराउँदा सदरमुकाममा रहेका बैंकले प्रत्येक शाखामा दैनिक न्यूनतम ५० वटा र सदरमुकाम बाहिर रहेका दैनिक न्यूनतम २० वटा घरधनीको कारोबार निःशुल्क गर्ने सम्झौतमा उल्लेख छ । त्यसबाहेक प्रति घरधनी २ सय २५ रुपैयाँका दरले बैंकलाई भुक्तानी पाउनेछन् ।

जिल्लाको भूगोललाई क्षेत्रगत रुपमा छुट्याई सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सात दिनभित्र संख्यात्मक उपस्थितिका आधारमा अनुदान वितरणमा सहभागी हुनुपर्ने छ।

यस्तै अनुदान सम्झौता भइसकेका जिल्लाहरुमा तत्काल अनुदान रकम वितरण गर्न स्थानीय विकास अधिकारीले सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जिल्लाका सबै भौगोलिक क्षेत्रलाई समावेश गर्ने गरी अनुदान वितरण गराउन सक्ने व्यवस्था पनि गरिएको छ ।

समझदारी अनुसार प्राधिकरणले विद्युतीय प्रणालीमार्फत् सम्बन्धित बैंकको केन्ऽीय कार्यालयलाई उपलब्ध गराएको घरधनीको विवरणको आधारमा सम्बन्धित बैंकहरुले एकमुष्ठ रुपमा घरधनीको उपस्थितिविना नै शून्य मौज्दात खाता खोल्ने व्यवस्था मिलाउनेछन् ।

यस्तै सम्झौता सम्पन्न भएका गाविस तथा नगरपालिकाका सचिव तथा वडा सचिवहरुबाट प्राधिकरणले तोकेको फाराममा सम्झौता गरेका घरधनीहरुको नामावली सहितको विवरण सम्बन्धित बैंक तथा जिल्ला विकास समितिमा पठाउने व्यवस्था मलिाइएको छ ।

जिल्ला विकास समितिले यही नामावलीको आधारमा अनुदान भुक्तानी दिनेछ भने बैंकहरुले गाविस वा नगरपालिकाबाट प्राप्त विवरणका आधारमा सम्झौता पत्र र नेपाली नागरिकता प्रमाणपत्र भिडान गरी सम्बन्धित घरधनीलाई रकम उपलब्ध गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment