१५ जेठ , पाल्पा । पाल्पा जिल्लाको पीपलडाँडा गाविस सेरा गाउँका सात घर पहिरोको उच्च जोखिममा परेका छन् ।
गत साता अविरल वर्षाले पाल्पाको पीपलडाँडा गाविसको सेरा भन्ने स्थानमा सडकमाथिबाट खसेको पहिरोले सडकमुनिका ती घर उच्च जोखिममा रहेका हुन् ।
स्थानीय विष्णुप्रसाद न्यौपानेका अनुसार वर्षाले सडकमा खसेको ढुङ्गा र माटोले सडक छेउमा रहेका सात घर जोखिममा रहेको र जतिबेला पनि पानी पर्दा पहिरोले घर बगाउने समस्या रहेको छ ।
बादल आकाशमा मडारिएपछि स्थानीय बासिन्दा पानी परेर घर पहिरोले बगाउने डरले त्रसित हुँदै आएका छन् । पानीले पहिरो खसेपछि राम्दी नजिकै पीपलडाँडास्थित सेराका स्थानीय बासिन्दाको घर जोखिममा परेको न्यौपानेले बताउछन् । पुनं पानी परेको खण्डमा पूरै भीर घरमा खस्ने सम्भावना रहेका पीडित परिवारको भनाइ छ ।
वर्षाले कालीगण्डकी करिडोरअन्तर्गत पीपलडाँडा–रामपुर सडक खन्दा खसेको ढुङ्गा माटो सिद्धार्थ राजमार्गमा बगेपछि सडक अवरुद्ध बन्दै आएको छ । डोजरको प्रयोगले ग्रामीण सडक निर्माण गर्दा वर्षाको समयमा पहिरो बढी जाने गरेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया 4