Comments Add Comment

भूकम्पको पुनर्निर्माणका लागि १ खर्ब ४० अर्ब ६६ करोड बजेट

आवश्यक परे थप रकम दिन सरकार तयारः अर्थमन्त्री

budget 2073-74१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि भूकम्पपछिको पुनर्निर्माण गर्न १ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आवश्यक परे थप रकम पनि दिन सरकार तयार रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

गत वर्ष सरकारले बजेटमार्फत ७४ अर्ब रुपैयाँ र मन्त्रालयगतरुपमा १७ अर्ब गरी कुल ९१ अर्ब रुपैयाँ बजेट रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म करिब ७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।

भूकम्पपछिको पुनर्निर्माण गर्न ८ खर्ब १३ अर्ब रुपैयाँ लाग्ने अर्थमन्त्रीले बताए ।

यसका साथै भूकम्प पीडितहरुलाई सामुहिक जमानतमा थप ३ लाख रुपैयाँ बजेट दिने व्यवस्था गरिएको उनले बताए ।

त्यसैगरी, आगामी २ वर्षभित्र शिक्षा र स्वास्थ्यसम्बन्धी संरचनाको पुनर्निर्माण गरिसक्ने र पाँच वर्षमा सबै संरचनाहरु बनाइसक्ने अर्थमन्त्रीले घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment