 लामो समयदेखि यो कुरामा बहस चल्दै आएको छ की शाकाहारी र मांशाहारी मानिसमध्ये कसको सारीरिक क्षमता बढि हुन्छ ? शाकाहारी मानिसहरु मांशाहारी मानिसको तुलनामा शारीरिक रुपमा कमजोर हुने विश्वास धेरैको छ ।
लामो समयदेखि यो कुरामा बहस चल्दै आएको छ की शाकाहारी र मांशाहारी मानिसमध्ये कसको सारीरिक क्षमता बढि हुन्छ ? शाकाहारी मानिसहरु मांशाहारी मानिसको तुलनामा शारीरिक रुपमा कमजोर हुने विश्वास धेरैको छ ।
यहीँ सोाचलाई गलत सावित गर्ने संकल्पका साथ ३४ वर्षीया मारिया स्ट्राडम सगरमाथाको आरोहण गर्ने अभियानमा निस्किइन् ।
अस्ट्रेलियाको मेलबर्नस्थित एक बिजनेस स्कुलकी शिक्षिका रहेकी दक्षिणी अमेरिकामा जन्मिएकी मारिया आफ्नो पतिसँगै सगरमाथा चढेर उदाहरण बन्न चाहन्थिन् ।
आफ्नो युनिभर्सिटीको वेबसाइटमा गत मार्चमा उनको एउटा अन्तरवार्ता प्रकाशित भएको थियो जसमा उनले सगरमाथासँगै अन्य महादेशका सबैभन्दा अग्ला शिखरहरु समेत आरोहण गर्न गईरहेको बताएकी थिइन् ।
उनले अन्तरवार्तामा भनेकी थिइन् की जो मानिस भेगन्स अर्थात् माछामासु र दुग्धजन्य पदार्थ समेत नखाने हुन्छन् उनीहरु कमजोर तथा कुपोषित हुँदैनन् ।
तर विडम्बना मारिया सगरमाथाको चुचुरोमा पुग्न सकिनन् । हालै सगरमाथा आरोहणका क्रममा उनको मृत्यु भएको छ । सगरमाथा आरोहणका क्रममा चुचुरोमा नपुग्दै लेक लागेर उनको मृत्यु भएको अनुमान गरिएको छ । उनका पति पनि बिरामी भए तर उनको ज्यान भने बँच्यो ।
यो घटनापछि विभिन्न समाचार माध्यमहरुले मारिया दम्पत्तिको रहन सहनका विषयमा केन्दि्रत गर्दै विभिन्न समाचार प्रकाशित गरे । तर सगरमाथामा जुन दुर्घटना भयो मारियाको त्यस कुरासँग उनको रहनसहनको कुनै सम्बन्ध छ भनेर अहिले नै भन्न सकिँदैन ।
तर के मारिया आम मानिसहरुको धारणालाई लिएर सोँदथिन् त्यो सही थियो त ? के साहसिक कार्यका दौरान भेगनहरुले बढि कठिनाइसँग जुध्नुपर्ने हो त ?
खानमा माछा, मासु तथा दूधजन्य पदार्थहरुको सेवन नगर्नाले यस्ता शाकाहारी मानिसहरुमा कैयन् पोषक तत्वको कमी हुने खतरा रहन्छ जो शारीरिक तागत बढाउनमा कामयावी हुन्थे । यस्ता पोषक तत्वको विकल्प खोज्न पनि मुस्किल हुन्छ ।
ब्रिटिस डायटिक एसोसियसनका पोषण विज्ञ डाक्टर फ्रांकी फिलिप्सका अनुसार माछामासु र दुध नखाइकन पनि उच्च कोटीको धावक वा खेलाडि बन्न नसकिने होइन तर यो निकै मुस्किल काम हो ।
तर यदि माछा मासु र दुध नखाने मानिसहरु शाकाहारी खानेकुरा मात्रै खाँदा समेत सम्पूर्ण पोषक तत्व पुग्नेगरी नखाने हो भने सरीरमा आइरनको कमीका कारण थकान हुने तथा एमिनो एसिडको कमीका कारढा मांशपेशीहरु कजोर हुने खतरा हुनछ । त्यस्तै खानामा क्याल्सियमको कमीका कारण हड्डी कमजोर हुने खतरा पनि हुनछ ।
तर भेगन हुनुको एउटा फाइदा भने हुन्छ । त्यो के भने मांशाहारीको तुलनामा शाकाहारीको सरीर हल्का हुनछ वा मोटोपनाको जोखिम कम हुन्छ ।
मारिया दम्पतिले सगरमाथा आरोहण सुरु गर्नु दुइदिन अघि एकजना भेगनले सगरमाथाको सफल आरोहण गरेका थिए । अमेरिकामा बस्ने कम्प्युटर प्रोग्रामर कुन्तल जोइस भेगन हुन् र उनले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले सन् २०१४ देखि लगातार सगरमाथा आरोहणको प्रयास गरेका भएपनि बल्ल सफल भए ।
 दुनियामा कोही यस्ता चर्चित खेलाडि पनि छन् जो शाकाहारी हुनुका बाबजुत निकै सफल छन् । यसको उदाहरण हुन् अमेरिकी टेनिस खेलाडि दिदीबहिनी सेरेना विलियम्स र भेनस विलियम्स । उनीहरु लगभग भेगन नै हुन् ।
दुनियामा कोही यस्ता चर्चित खेलाडि पनि छन् जो शाकाहारी हुनुका बाबजुत निकै सफल छन् । यसको उदाहरण हुन् अमेरिकी टेनिस खेलाडि दिदीबहिनी सेरेना विलियम्स र भेनस विलियम्स । उनीहरु लगभग भेगन नै हुन् ।
बेलायती पूर्व हेभीवेट बक्सिंग च्याम्पियन डेभिड हे पनि दुइ वर्ष पहिले भेगन बने । भेगन बनेपछि आफ्नो स्वास्थ्य राम्रो भएको र सरीको बोसो पनि घटेको उनी बताउँछन् । आफुलाई भेगन बनेपछि पहिले भन्दा शक्तिशाली महसुस भएको उनको अनुभव छ ।
त्यस्तै क्यानडाकी फिगर स्केटिंग विश्व च्याम्पियन मेगन डुहामेल पनि सन् २००८ देखि भेगन नै छिन् । तर उनी लगातार विश्व च्याम्पियन बनिरहेकी छिन् ।
त्यसैले मानिसले माछा मासु तथा दुध नखाँदैमा ऊ मांशाहारीको तुलनामा कमजोर हुन्छ भनेर शत प्रतिशत नतिजा निकाल्न गाह्रो हुने देखिएको छ । बीबीसी
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4