+
+
Shares

‘तीन घुम्ती’ ट्रेलर हेर्नुभयो, पावरफूल छ गरिमाको क्यारेक्टर

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १६ गते १३:२३

garima panta
बाबुराम ढकालले निर्देशन गरेको चलचित्र ‘तीन घुम्ती’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै २ गीत र ट्रेलर रिलिज गरिएको छ ।

चलचित्रका मुख्य ३ कलाकार गरिमा पन्त, ध्रुव दत्त र सुशान्त कार्की ट्रेलरमा देखिएका छन् । ट्रेलरमा नायिका पन्तको क्यारेक्टर पावरफूल देखिएको छ । एक महिलाको २ पुरुषसँगको प्रेमलाई चलचित्रमा देखाइएको छ । साथमा प्रजातन्त्रका लागि गरिएको विद्रोह पनि ट्रेलरमा समावेश छ ।

स्वर्गिय साहित्यकार वीपी कोइरालाको चर्चित कृती ‘तीन घुम्ती’मा आधारित रहेर यो चलचित्र बनाइएको हो । कर्मा प्रोडक्शनले यो चलचित्रलाई निर्माण गरेका हो । असार १७ गतेबाट यो चलचित्र देशभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?