+
+
Shares

गुल्मीमा नक्कली बाबु छोरा बनी नागरिकता लिने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १८ गते ७:०७

१८ जेठ,गुल्मी । नक्कली बाबु र छोरा बनी नागरिकता बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनालाई पक्राउ गरेको छ । शान्तिपुर गाविस–५ निवासी नरबहादुर थापा क्षेत्री र निजका छोरा काजीबहादुर थापा पक्राउ परेका हुन् ।

nagariktaनिजले २०६० चैत १५ मा बाबु नरबहादुरको छोरा काजीबहादुर बनाई जिल्ला प्रशासन कार्यालयबाट नागरिता प्राप्त गरेकामा पुनः दोस्रो पटक २०७३ वैशाख १३ मा बाबुको नाम परिवर्तन गरी उत्तमबहादुर थापा र आफ्नो नाम लोकबहादुर बनाई नागरिकता लिएको प्रमाणको आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रजिअ प्रदीपराज कँडेलले जानकारी दिए ।

विषेश सुराकीका आधारमा राहदानीको सिफारिस लिनभनि आएको अवस्थामा उनीहरु जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका नयाँ र पुरानो दुवै नागरितासमेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?