+
+

कांग्रेसमा भ्रातृ संगठन कब्जा गर्ने होडबाजी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १९ गते ५:५३

१९ जेठ, काठमाडौं । आगमी भदौ अन्तिम सातादेखि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संगठनहरुको अधिवेशनमा हावी हुन संस्थापन पक्ष र अल्पमत पक्षबीच होडबाजी सुरु भएको छ ।

Congress-Flagसभापति शेबहादुर देउवाले नेतृत्व गरेको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको अल्पमत पइा दुबैले भ्रातृ संगठनमा कव्जा गर्ने रणनीति बनाउन थालेका आजको राजधानी दैनिकले जनाएको छ ।

कांग्रेसेको १३ औं महाधिवेशनपछि पहिलोपटक यसलाई महत्व दिएका हुन् । भ्रातृ संगठन अधिवेशनको नतिजाले पार्टी राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले कव्जा जमाउन दुवै पक्ष अहिलेदेखि  नै जुटेका हुन् ।

पार्टीभित्र सबैभन्दा प्रभावशाली भातृ संगठन मानिने तरुण दलको अधिवेशन आगामी २४ देखि २६ भदौमा हुँदै छ । यस्तै २८ देखि ३० भदौमा महिला संघ र ४ देखि ६ असोजमा किसान संघको अधिवेशन हुँदै छ । नेविसंघको अधिवेशन मिति तय भइनसकेको भएपनि यथाशक्य चाँडो घोषणा गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?