Comments Add Comment

भिडियो हेर्नेहरुले मेरी श्रीमती मन पराएः सत्यराज

satye-rajकाठमाडौं । आफ्नै श्रीमति अनितासँग मोडलिङ गरेको भिडियोले यति धेरै चर्चा पाउला भनेर सोचेकै थिएनन् गायक सत्यराज आचार्यले । रिलिज भएको एक महिनामा उनको भिडियो २३ हजार बढीले हेरेका छन् । त्यो भन्दा धेरै रमाइलो लागेको छ भिडियोको विषयमा कमेन्ट पढेर । धेरै दर्शकले लेखेका छन् ‘धेरै राम्रो गर्नु भएको छ ।’

गलज संग्रह  ‘मुधुशाला’मा  सत्य र अनिताको रियल जोडीलाई रिललाइफमा प्रस्तुत भएको छ । गीत लेख्दा नै श्रीमतिलाई डेडिकेट गरेर लेखेकाले मोडलिङ पनि उनैलाई गराएको सत्यको भनाई थियो । ‘अनितालाई नै डेडिकेट गरेर गीत बनाएकोले मोडलिङ गराएको हुँ ।’ अनलाइनखबरसँग कुरा गर्दै सत्यराजले भने ।

भिडियो हेर्नेहरु मध्ये धेरैले भनेका छन् ‘अब भाउजुलाई पनि अभिनय गराउनुपर्छ ।’ सत्य भन्छन् ‘म अभिनयका लागि प्रेशर गर्दिन । कुनै गीतका लागि अनिता नभई नहुने भयो भने छुट्टै कुरा, मेरो श्रीमति भएकै कारण अभिनय गर्दिनन् ।’ उनले भने ।

चुजी कलाकारका रुपमा चिनिन्छन् सत्य । गायनमा उम्दा मानिने सत्यलले चलचित्र आचार्यमा मुख्य भूमिका निर्वाह गरे । आचार्य रिलिज भए लगत्तै बजारमा हल्ला चल्यो । ‘सत्यराज आचार्य अब सिंगर हिरो ।’

धेरै निर्देशकले उनलाई अभिनयको प्रस्ताब पनि राखे । सत्यलाई ति निर्देशकको प्रस्ताब चित्त बुझेन ।  एउटा मात्रै फिल्म खेले कर्कश । गीत गाउनुअघि उनी जसरि शब्दलाई ध्यान दिन्छन्, उसैगरि फिल्म खेल्नु अघि स्त्रिmप्टलाई ध्यान दिन्छन्  ।

पारिश्रमिक पनि चित्त बुझ्दो हुनुपर्छ भन्ने मान्यता छ उनको । भन्छन् ‘पारिश्रमिकमा कुरा नमिलेकै कारण आठवटा फिल्म छोडेँ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment