Comments Add Comment

युरोकपका क्रममा चरमपन्थी हमला हुनसक्ने अमेरिकी चेतावनी

french_police_reuters

१९ जेठ, काठमाडौं । फ्रान्समा आगामी जुन १० देखि सुरु हुने युरोपियन च्याम्पियनसीपफुटबल प्रतियोगिताको क्रममा चरमपन्थी हमला हुनसक्ने चेतावनी अमेरिकाले दिएको छ ।

अमेरिकी गृह मन्त्रालयका अनुसार बढ्दो गर्मीका कारण ठूलो सङ्ख्यामा पर्यटकहरु युरोप भ्रमणमा छन् । त्यसैले चरमपन्थी हमला हुनसक्ने संभावना पनि त्यतिकै बढेको छ ।

साथसाथै अमेरिकाले युरो भ्रमण गर्न गइरहेका आफ्ना नागरिकलाई भ्रमणका क्रममा सावधान रहन अलर्ट जारी गरेको छ । खासगरी पर्यटकीय क्षेत्र, रेष्टुरेन्ट, बजार, बस र रेलमा हमला हुनसक्ने आशंका अमेरिकाको छ ।

पछिल्लो २० बर्षमा यो मात्र तेस्रो पटक हो कि अमेरिकाले आफ्ना नागरिकलाई युरो भ्रमणका लागि अलर्ट जारी गरेको । युरो २०१६ जुन १० देखि जुलाई १० सम्म एक महिना चल्नेछ ।

french_football_fans

फ्रान्सका १० शहरमा जम्मा ५१ खेल खेलिन्छ । करिव २५ लाखले रंगशालामै पुगेर फुटबलको मनोरञ्जन लिने अपेक्षा युरोपियन फुटबल महासंघ युइएफएको छ ।

प्रतियोगिताका लागि अन्य मुलुकबाट करिव १० लाख मानिस फ्रान्स जानसक्ने अनुमान गरिएको छ भने सुरक्षा स्थितिलाई मध्यनजर गरी ९० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फ्रान्स पछिल्लो पटक भएको आतंकबादी हमलामा १३० जनाको ज्यान गएको थियो । यसका अलावा फ्रान्ससँग जोडिएको बेल्जियममा पनि ब्रसेल्स एयरपोर्ट तथा मेट्रो स्टेसनमा भएको हमलामा ३२ जनाको मृत्यु भएको थियो । त्यतिबेलैदेखि फ्रान्स चरमपन्थीको निशानामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment