Comments Add Comment

निजामती कर्मचारी निर्वाचन : एमालेनिकट संगठन अग्रस्थानमा

CBA Election_Pyuthan (1)२० जेठ, काठमाडाैं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले दुईतिहाइ स्थानमा जित हासिल गरेको छ ।

मन्त्रालय, विभाग र जिल्लास्तरीय कार्यसमिति गरी एक सय १७ स्थानमा भएको निर्वाचनमा संगठन ७० भन्दा बढी स्थानमा पहिलो भएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

केन्द्रमा रहेका विभिन्न मन्त्रालय र विभाग गरी ४२ निकायमध्ये संगठनले २८ र ७५ जिल्लामध्ये ४५ जिल्लामा पहिलो स्थान ल्याएको छ । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) दोस्रो स्थानमा आएको छ ।

युनियनले १७ स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनले दुई स्थानमा जित हासिल गरेको छ भने मधेसी दलनिकट मधेसी कर्मचारी मञ्च चार जिल्लामा विजयी भएको छ । प्

रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार रातिसम्म गणना भएको ३८ हजार मतमध्ये संगठनले १७ हजार प्राप्त गरेको छ । युनियन (संघ)ले १३ हजार, माओवादीनिकट संगठनले चार हजार तथा मञ्चले २७ सय मत ल्याएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका उपसचिव प्रकाश घिमिरेले अब करिब १० हजार मत गणना गर्न बाँकी रहेको बताए ।

बुधबार भएको निर्वाचनमा देशभरका कुल ५५ हजार तीन सय २२ मतदातामध्ये ८० प्रतिशतभन्दा बढी निजामती कर्मचारीले मतदान गरेका थिए । जिल्लादेखि केन्द्रसम्म भएको निर्वाचनमा पाएको मतका आधारमा समावेशी किसिमले भागबन्डा गरिने प्रावधान छ ।

जिल्ला, विभाग तथा मन्त्रालयमा खसेको सबै मत जोडेर केन्द्रीय नेतृत्व छनोट हुनेछ । केन्द्रमा सबैभन्दा बढी मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष दिइनेछ भने दोस्रो मत ल्याउनेलाई महासचिव  दिइनेछ ।

तेस्रो मत ल्याउनेलाई उपाध्यक्ष र चौथो मत ल्याउनेलाई सचिव दिइनेछ । जिल्ला तथा विभागमा पहिलो मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष, दोस्रो मत ल्याउनेलाई उपाध्यक्ष, तेस्रो मत ल्याउनेलाई सचिव र चौथो मत ल्याउनेलाई सहसचिव दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment