Comments Add Comment

सिक्वेलवाट दर्शक निराश, निर्माता मारमा

kyaa-kool-hain-hum-3

मुम्बई । सन २०१६ मा आधा दर्जन सिक्वेल फिल्म रिलिज भए । ती मध्ये धेरैले नोक्सानी बेहोर्नु पर्‍यो ।

क्या कुल है हम-३, तेरा सुरुर, जय गंगाजल, घायल वन्स अगेन, तेरे बिन लादेन जस्ता फिल्म रिलिज भए । तर, यी फिल्मको बक्स अफिस कलेक्सन अत्याधिक नाजुक रह्यो ।

प्रसिद्ध फिल्म विश्लेषक एवं लेखक जयप्रकाश चौकसेका अनुसार ‘यो वर्ष रिलिज भएका धेरै फिल्मको बक्स अफिस कलेक्सन निराशाजनक रह्यो । उनी भन्छन् ‘क्या कुल है हम र घायल वन्स अगेनले आफ्नो लगानीसम्म सुरक्षित गरे । तर, कमाईको कुनै मापदण्ड स्थापित गर्न सकेनन् ।’

हिमेश रेशमियाको ‘तेरा सुरुर’ ले वितरकलाई चुर्लुम्मै डुवायो । प्रकाश झाको ‘जय गंगाजल’ ले पनि लगानी उठाउने सामथ्र्य राखेन । प्रकाश झाको फिल्मको ब्यापार नाजुक हुनुको कारणवारे प्रकाश भन्छन् ‘उनी आफ्नै फर्मुलामा कैद भए । उनले फिल्ममा समस्या त उठाए तर, समाधान दिन सकेनन् ।’ पहिलो फिल्म गंगालज मजबुत पटकथा र बोल्ड भएकै कारण दर्शकले मन पराएको उनको भनाई थियो ।

सनी देओलको ‘घायल वान्स अगेन’ले जेनतेन लगानी उठाए पनि ब्यापारमा त्यस्तो कुनै उत्साह जगाउन सकेन । ‘तेरे बिन लादेन’ को पहिलो भागलाई दर्शकले निकै मन पराए । तर, देस्रो भागमा उनको मृत्युको सन्दर्भ बेतुकको भएको भन्दै दर्शकले मन पराएनन् । यो फिल्मले पनि लगानी चुर्लुम्मै डुवाएको थियो ।

jai-gangaajal-priyanka-chopra

विक्रम भट्टको फिल्म ‘१९२० लण्डन’ पनि आर्थिक रुपमा घाटामा गयो । समिक्षकहरुका अनुसार सिक्वेल कुनै पनि फिल्मको तुलनामा मजबुत हुन जरुरी छ । तर, कतिपय निर्माता यस्तो पनि सोच राख्छन् । हिट फिल्मको नाममा नयाँ फिल्म बनाउादा चल्छ भन्ने मान्यता राख्छन् ।

समिक्षक एवं लेखक रवि बुले भन्छन् ‘फिल्मकै कारण गत गएको वर्ष धेरै वितरकले नोक्सानी सहनुपर्‍यो ।’ फिल्म कमजोर हुनुको एउटा कारण कमजोर कथा हो जस्तो लाग्छ उनलाई ।

अबको केहि महिनापछि भट्ट क्याम्पको राज रिबुट, साजिद नाडियाडवालाको हाउसफुल-३, इन्द्र कुमारको ग्रयाण्ड मस्ती, फिरोज नाडियाड फिल्मको हेरो फेरि-३ रिलिज हुने भएको छ ।

त्यस्तै फरहान अख्तरको रक अन-२, सुजाय घोष को कहानी-२ र अनुभव सिंन्हाको ‘तुम बिन-२’ पनि रिजिलको तयारीमा छ । तर, ति फिल्मको ब्यापार कस्तो हुने हो यसै भन्न सकिन्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment