+
+

काष्ठमण्डप डेभलपमेन्ट बैंकले महाकाली विकास बैंक ‘एक्वायर’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २० गते १२:०५

kastmandap-and-mahakali-bik

२० जेठ, काठगमाडौं । राष्ट्रियस्तरको काष्ठमण्डप डेभलपमेन्ट बैंकले क्षेत्रीस्तरको महाकली विकास बैंक प्राप्ति (एक्वायर) गर्ने भएको छ । दुबै बैंकका अध्यक्षले बिहीबार एक्वायर सम्बन्धी सैद्दान्तिक सहमतिमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा काष्ठमण्डप अध्यक्ष जगन्नाथ ज्ञवाली र महाकाली अध्यक्ष सुरेन्द्रकुमार जोशीले हस्ताक्षर गरे ।

महाकाली विकास बैंक कैलाली, कञ्चनपुर र डढेलधुरालाई कार्यक्षेत्र बनाएर वित्तीय सेवा उपलब्ध गारउँदै आएको बैंक हो । क्षेत्रीयस्तरको यो बैंकलाई प्राप्त गरेपछि काष्ठमण्डपको सुदुरपश्चिममा पनि राम्रो पकड हुने विश्वास गरिएको छ ।

नियामक राष्ट्र बैंकद्वारा जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म राष्ट्रियस्तरको विकास बैंकका लागि निर्धारित २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी पुयाउने क्रममा दुई विकास बैंक बीच यो सम्झौता भएको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले अनलाइनखरलाई जानकारी दिए ।

बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर समेत जारी गरी आगामी पुस मसान्तमा बैंकको पुंजी १ अर्ब ८० करोड पुर्‍याउने बैंकको योजना रहेको सीइओ भण्डारीले बताए ।

हाल काष्ठमण्डप डेभलपमेन्ट बैंकले १९ शाखामार्फत काठमाडौ उपत्यकालगायत सगरमाथा अञ्चलनको नाम्चेबजारसम्म आफ्नो सेवा प्रदान गरिरहेको छ भने माहाकाली विकास बैंकले ७ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकले मुलुकभर सञ्जाल विस्तार गरी सेवा प्रदान गर्ने लक्ष्य सहित विभिन्न वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनका लागी छलफल गरिरहेको उनले जानकारी दिए ।

बैंकले चार वर्षअघि शिखर फाइनान्सलाई गाभेर काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाममा एकहीकृत कारोबार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?