Comments Add Comment

नेपालमा आइटी पढिरहेका बिद्यार्थीले क्रेडिट ट्रान्सफर गरी अष्ट्रेलियामा पढ्न पाउने

Studets-of-Softwarica

२० जेठ, काठमाण्डौ । के तपाईं अष्ट्रेलियाबाट आइटी डिग्री हाँसिल गर्न चाहनुहुन्छ ? यदि त्यस्तो सोचमा हुनुहुन्छ भने तपाईंले एक-दुई बर्ष नेपालमै आइटी पढेर बाँकी कोर्स अष्ट्रेलियाबाट पूरा गर्न सक्नुहुनेछ ।

काठमाडौंको डिल्लीबजारस्थित सफ्टवेरिका कलेजले अष्ट्रेलियाको Deakin University, Australian Catholic University, Melbourne Polytechnic लगायत अन्य थुप्रै कलेज तथा विश्वविद्यालयहरुसँग क्रेडिट ट्रान्सफरको व्यवस्था मिलाएपछि यो सम्भव भएको हो ।

यो कलेजले सन् २०१० देखि स्नातक तहको बि्रटिस आई.टी. शिक्षा सञ्चालन गरिरहेको छ । स्नातक तहको आई.टी. प्रथम वर्ष सक्दा विद्यार्थीहरुले आवश्यक सीप, दक्षता र अन्तर्राष्ट्रिय स्तरको शिक्षाको अनुभव प्राप्त गरिसक्ने र अष्ट्रेलियाको भिषा आवेदनका लागि चाहिने आवश्यक कागजातहरु तयार गर्दा लाग्ने समय पनि उपयोग हुने हुनाले क्रेडिट ट्रान्सफर बिधि उपयुक्त भएको कलेजका निर्देशक अमित थापाले बताए ।

यसरी क्रेडिट ट्रान्सफर गरी दोस्रो वर्षदेखि अष्ट्रेलियामा पढ्न जाँदा विद्यार्थीहरुको प्रथम वर्षको लागत लगभग १६ लाख बचत हुने र स्नातक तहको अन्तिम वर्ष मात्रै पढ्न जाँदा लगभग ३२ लाख बचत हुने हुँदा आर्थिक हिसावले पनि फाइदाजनक रहेको थापाले बताए ।

मेलवर्न पोलिटेक्निक अष्ट्रेलियाका डा. शाम केस्पीले सफ्टवेरिका कलेजसँग भएको क्रेडिट ट्रान्सफर सम्झौताले नेपाली विद्यार्थी लाभान्वित हुने बताए ।

नेपालबाट सरदर वाषिर्क ८ हजार विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुग्दछन् जस मध्ये धेरै विद्यार्थीहरुको रोजाइमा आई.टी. विषय पर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment