+
+

ग्रान्डी अस्पतालद्वारा काभ्रेस्थलीका स्थानीयको निःशुल्क स्वास्थ्य परिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २० गते १७:५२

Grandi-hospital

२० जेठ, काठमाडाैं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले राजधानीको काभ्रेस्थलीका स्थानीयबासीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरु कन्सल्ट्यान्ट कार्डियोलोजिष्ट डा. मिलन प्रकाश श्रेष्ठ, कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. एके कश्यप तथा रजिष्ट्रार नेफ्रोलोजिष्ट डा. उपेन्द्र जोशी, मेडिकल अफिसरहरु रामबाबु गुप्ता र समिर राम बैद्य लगायतका डाक्टरहरुले मुटु, पेट तथा मृगौलाको परिक्षण गरे ।

काभ्रेस्थली स्वास्थ्य चौकीले आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा तारकेश्वर नगरपालीका अन्तर्गतका वडा नम्वर चार, पाँच र छ का स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

ग्रान्डी अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका निःशुल्क क्याम्पहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?