Comments Add Comment

फिफा बरियतामा नेपाल दुई स्थान खस्कियो

Fifa

२० जेठ, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल २ स्थान तल झर्दै १८२औं स्थानमा पुगेको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ विश्व बरियतामा नेपाल १८२औं स्थानमा छ । दक्षिण एशियामा नेपाल चौथो स्थानमा यथावत छ । नेपालले गत साता मैत्रिपूर्ण खेल खेलेको लाओस भने दुई स्थान सुधार गर्दै १७४औं स्थानमा पुगेको छ ।

दक्षिण एशियाका सबै मुलुकहरु फिफा बरियातामा तल झरेका छन् । दक्षिण एशियाको शीर्ष स्थानमा रहेको माल्दिभ्स सबैभन्दा धेरै १४ स्थान तल झरेर १७४औं स्थानमा पुगेको छ । २ स्थान तल झरेको भारत १६३औं स्थानमा रहेर दक्षिण एशियाको शीर्ष स्थानमा पुगेको छ ।

त्यस्तै ३ स्थान तल झरेको बंगलादेश नेपालभन्दा १ स्थान माथि अर्थात १८१औं स्थानमा छ । २/२ स्थान तल झरेको भुटान, श्रीलंका र पाकिस्तान क्रमसः १८८औं, १८९औं र १९२औं स्थानमा छन् ।

त्यस्तै दक्षिण एशियाबाट छुट्टिएर मध्य एशिया फुटबल फेडेरेसनमा अावद्द भएको अफगानिस्तान पनि ९ स्थान खस्कँदै १५६अाैं स्थानमा पुगेको छ ।

विश्व बरियताको शीर्ष र दोस्रो स्थानमा अर्जेन्टिना र बेल्जियम यथावत छन् भने कोलम्बिया र जर्मनी १/१ स्थान माथि उक्लँदै क्रमसः तेस्रो र चौथो स्थानमा उक्लिएका छन् ।

२ स्थान तल झरेको चिली पाचौं स्थानमा पुगेको छ । फिफा बरियताको छैटौं, सातौं, आठौं, नोवौं र दशौं स्थानमा क्रमसः स्पेन, ब्राजिल, पोर्चुगल, उरुग्वे र अष्ट्रिया छन् । अष्ट्रिया इंग्ल्याण्डलाई पछि पार्दै विश्व बरियताको शीर्ष दशभित्र पर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment