+
+

बैंकमार्फत रेमिटान्स पठाए घरजग्गा किन्दा छुट

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २१ गते १०:४५

Money transfer remittance२१ जेठ, काठमाडौं । सरकारले वैधानिक रेमिटान्स आप्रवाहलाई बढाउन बैंकमार्फत रेमिटान्स पठाउनेलाई घरजग्गा किन्दा छुट दिने भएको छ । सरकारले बैधानिक च्यानलाट रेमिटान्स पठाउनेलाई घर तथा जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा गरेको हो ।

बैंकमार्फत रेमिटान्स प्राप्त गरेको प्रमाण पेस गरी घरजग्गा किन्दा यस्तो छुट दिने बजेट भाषणमा उल्लेख छ । यसरी बैंकमार्फत रेमिटान्स प्राप्त गरेको प्रमाण पेस गरे सरकारले आहृवान गरेका अन्य परियोजनामा समेत लगानीका लागि प्रत्साहन गर्ने बताएको छ ।

हुण्डी तथा अन्य गैरकानूनी कारोबारलाई निरुत्साहित गर्न सरकारले रजिस्ट्रेसन शुल्कमा छुट दिने घोषण गरेको हो ।

विभिन्न अध्ययनहरुका अनुसार हाल नेपाल भित्रने रेमिट्यान्सको करिब ६० प्रतिशतमात्रै बैंकिङ प्रणालीबाट आउने गरेको छ । ४० प्रतिशत हुन्डी वा अन्य गैरकानूनी माध्यमबाट भित्रने गरेको अध्ययनले देखाएको छ ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ खर्ब २७ अर्ब ३७ करोड रुपैयाँ रेमिटान्स आएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?