Comments Add Comment

यी हुन् नेपालमा सर्बाधिक बिक्री हुने एसयुभी कार

gadi

२१ जेठ, काठमाडौं । नेपाली सडकमा स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) गाडीहरु कुदेको प्रशस्तै देखिन्छ । न्यूनतम ३२ लाखदेखि चार करोड रुपैयाँसम्मका एसयुभी गाडीहरु नेपालमा बिक्री हुन्छन् ।

नेपालीको रोजाइमा एसयुभी गाडीहरु पर्न थालेपछि अधिकांश कम्पनीले एसयुभी गाडी भित्राएका छन् । नेपाली बजारमा करिव दुई दर्जन एसयुभी गाडीहरु पाइन्छन् । उपभोक्ताले आफुले चाहेको एसयुभी गाडी रोजी-रोजी खरिद गर्न पाउँछन् ।

खासगरी अहिले नेपालमा हुण्डाई, टोयोटा, फोर्ड, महिन्द्रा भक्सवागन, निसान, माज्दा, ल्याण्डरोभर लगायत ब्रान्डका एसयुभी गाडीहरु चर्चित छन् ।

नेपालमा कम्प्याक्ट एसयुभी गाडीहरु बढी बिक्री हुने गरेको व्यवसायी बताउँछन् । चार मिटरभन्दा कम लम्बाई भएका गाडीलाई कम्प्याक्ट एसयुभी भनिन्छ । नेपालमा एसयुभी गाडीहरु सर्वाधिक रोजाईमा पर्न थालेको लक्ष्मी हुण्डाईका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ बताउँछन् ।

हामीले नेपालमा सर्वाधिक बिक्री हुने प्रमुख पाँच एसयुभी गाडीको बारेमा जानकारी गराउन गइरहेका छौं । सर्वाधिक बिक्री हुनेमा ३२ लाखदेखि १ करोड २० लाख रुपैयाँसम्मका एसयुभी गाडी परेका छन् ।

हुण्डाई क्रेटा

अहिले नेपाली बजारमा सर्वाधिक चर्चामा रहेको एसयुभी गाडी हो, हुण्डाई क्रेटा । गएको भदौमा नेपाल भित्रिएको क्रेटा अहिले सर्वाधिक लोकप्रिय छ । कम्प्याक्ट एसयुभी गाडी भएपनि क्रेटा प्रफेक्ट एसयुभीमा पर्ने कम्पनीको दाबी छ ।

Hyundai-Creta final

यो गाडीमा राम्रो मेट्रियल्स प्रयोग गरिएको हुँदा बलियो रहेको लक्ष्मी हुण्डाईका कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ । १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको क्रेटा चढ्दा चालक र यात्रुलाई ठूलो एसयुभी गाडी चढेको अनुभव हुने उनले बताए ।

क्रेटा २ हृवील गाडी हो । यो गाडीलाई अर्बन एसयुभी भन्न श्रेष्ठ रुचाउँछन् । यो १४ सय सीसी र १६ सय सिसी इञ्जिन अप्सनमा उपलब्ध छ । पेट्रोल र डिजेल भर्सनमा उपलब्ध क्रेटा नेपाली बजारमा विभिन्न ७ मोडलमा उपलब्ध छ ।

डिजेल इञ्जिनमा क्रेटा १४ सय र १६ सय सीसीमा उपलब्ध छ । १४ सय सिसीको क्रेटा बेस (डिजेल) को मूल्य ४३ लाख ९६ हजार रहेको छ । त्यस्तै, १६ सय सिसीमा एसएक्स प्लस (डिजेल)को ५५ लाख ५६ हजार, एसएक्स प्लस अटोमेटिक (डिजेल) ५८ लाख ९६ हजार, एसएक्स ओ (डिजेल)को ५८ लाख ९६ हजार मूल्य रहेको छ ।

पेट्रोल इञ्जिनमा क्रेटा बेस ३९ लाख ९६ हजार, एसएक्स प्लस ४९ लाख ९६ हजार र एसको ४३ लाख ९६ हजार मूल्य रहेको छ । यी पेट्रोल गाडीहरु १६ सय सिसी इञ्जिन क्षमतामा उपलब्ध छन् ।

महिन्द्रा स्कारपियो

महिन्द्रा स्कारपियो पनि बढी बिक्री हुने एसयुभी गाडीमा पर्छ । यो गाडी टु हृवील र फोर हृवील ड्राइभ दुबै अप्सनमा छ । यही कारण राजधानी बाहिर स्कारपियो सबैभन्दा लोकप्रिय छ । फोर हृवील हुँदा स्कारपियो कच्ची सडकमा समेत सजिलै चलाउन सकिन्छ ।

Mahindra-Scorpio-2

महिन्द्राको नेपाली बिक्रेता अग्नी इन्कर्पोरेटका अनुसार स्कारपियो टु हृवीलमा ४ वटा मोडल र फोर हृवीलमा २ वटा मोडल उपलब्ध छन् ।

टु हृवील ड्राइभ : स्कारपियोको एस टु भेरियन्ट २५ सय सिसीको गाडी हो । यसमा एसी, पावर विन्डो, पावर स्ट्रेरिङ, सेन्ट्रल लक लगायतका फिचरहरु रहेका छन् । यसको मूल्य ३६ लाख २५ हजार रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ । यसले शहरमा ९ र हाइ वे मा १४ किलोमिटरसम्म माइलेज दिन्छ ।

यसैगरी, एस फोरमा एसी, पावर विन्डो, पावर स्ट्रेरिङ, सेन्ट्रल लक लगायतका फिचरहरु रहेका छन् ।  यो २२ सय सीसीको गाडी हो । जसको ३८ लाख ९५ हजार पर्छ । अर्को भेरियन्ट एस ६ प्लसमा एयर ब्याग समेत रहेको छ । यसको मू्ल्य ४५ लाख ५० हजार रहेको छ । एस टेन पनि २२ सय सिसीको गाडी हो । यसको मूल्य ५२ लाख ३५ हजार रपैयाँ रहेको छ ।

फोर हृवील ड्राइभ : महिन्द्रा स्कारपियो फोर हृवील ड्राइभमा २२ सय सिसी इञ्जिन क्षमतामा उपलब्ध छ । नेपाली बजारमा एसफोर प्लसको मूल्य ४६ लाख ५० हजार र एस टेनको मूल्य ५७ लाख ३० हजार रुपैयाँ रहेको छ । यी गाडीमा माथि उल्लेखित सुविधाहरु रहेका छन् ।

टोयोटा र्‍याफ फोर

टोयोटा र्‍याफ फोर प्रिमियम लक्जरी एसयुभी गाडी हो । प्रिमियम गाडी भएपनि नेपालमा र्‍याफ फोरको बिक्री उच्च रहेको छ । दुईवटा अप्सनमा उपलब्ध र्‍याफ फोर अटोमेटिकको १ करोड २२ लाख रुपैयाँ र म्यानुअलको ९३ लाख रुपैयाँ रहेको छ ।

Toyota-Raf-4

टोयोटाको नेपाली बिक्रेटा युनाइटेड सिन्डिकेटले गाडीको मूल्य समायोजना गर्दै छ । नयाँ मूल्य अहिलेको भन्दा केही बढी हुने बताइएको छ । कम्पनीका अनुसार यो गाडी वाषिर्क ८०/९० थान बिक्री हुने गरेको छ ।

र्‍याफ फोर २५ सय सिसीको पेट्रोल इञ्जिन गाडी हो । अहिले बजारमा उपलब्ध र्‍याफ फोर छैठौं जेनेरेसन हो । यो विभिन्न ७ कलरमा उपलब्ध छ । आकर्षक डिजाइन र लक्जरी फिचर यसका विशेषता हुन् ।

यसमा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ । ८० लिटर क्षमताको इन्धन ट्यांकी भएको यो गाडीले ९ देखि १२ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यो फोर हृवील ड्राइभ गाडी हो ।

र्‍याफ फोरमा सन रुफ/मुन रुफ, अटो एसी, लेदर सिट, टचस्क्रिन डिस्प्ले लगायतका फिचरहरु रहेका छन् ।

फोर्ड इकोस्पोर्ट

Ford Ecosport

फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयुभी गाडी हो । यो गाडी नेपालमा बढी बिक्री हुने एसयुभीमा पर्छ । इकोस्पोर्ट नेपालमा १० वटा भेराइटीमा उपलब्ध छ । हजार सीसी पेट्रोल इञ्जिनमा २ वटा भेराइटी छन् । १५ सय सीसी डिजेल इञ्जिनमा चारवटा र १५ सय सीसी पेट्रोल इञ्जिनमा चारवटा भेराइटी रहेका छन् ।

इकोस्पोर्टको मूल्य ३१ लाख ९० हजार रुपैयाँदेखि ४८ लाख ९० हजार रुपैयाँसम्म पर्छ । हजार सीसी पेट्रोल इञ्जिनले १९ किलोमिटर, १५ सय सीसी डिजेलले २२ किलोमिट र पेट्रोलले १६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

महिन्द्रा एक्सयुभी ५००

महिन्द्रा एक्सयुभी ५०० नेपालमा टु हृवील र फोर हृवील ड्राइभमा उपलब्ध छन् । यो गाडी काठमाडौं उपत्यका बाहिर बढी बिक्री हुने गर्छ । यो गाडी २२ सय सिसी इञ्जिन क्षमतामा उपलब्ध छ ।

Mahindra XUV 500

टु हृवील ड्राइभमा डब्लु फोर भेरियन्ट रहेको छ । यसको मूल्य ४९ लाख ५० हजार रुपैयाँ रहेको छ । फुल अप्सनको यो गाडीमा दुइवटा एयरब्याग, ४ वटै चक्कामा डिस्क ब्रेक, एबीएस, एसी, पावर विन्डो, पावर स्ट्रेरिङ, सेन्ट्रल लक लगायतका फिचरहरु रहेका छन् ।

अल हृवील ड्राइभमा डब्लु ८ र डब्लु १० गरी दुईवटा भेरियन्ट उपलब्ध छन् । डब्लु ८ मा एयर ब्याग ६ वटा, स्टेरिङ कन्ट्रोल सिष्टम, अटो ब्रेकिङ सिष्टम, एबीएस लगायतका सुविधाहरु रहेका छन् । यो भेरियन्टको मूल्य ६४ लाख ८० हजार रहेको छ ।

डब्लु १० भेरियन्टमा माथिका फिचरसहित सन रुफ/मुन रुफ फिचर थप रहेको छ । यसको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment